• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

“कामरेड जलजला” उपन्यास पूर्व अन्तर्निहित पक्ष


  •   सोमबार, मङि्सर २४, २०८१ मा प्रकाशित
  • भैरव रेग्मी ##

    Advertisement

    १. लामो प्रतिक्षापछि ‘कामरेड जलजला’ उपन्यास प्रकाशन भयो । यो पुस्तक नेपाली साहित्य, दर्शन र राजनीतिका लागि वर्तमान युगमा महत्त्वपूर्ण कृति बन्न पुगेको छ । २०८१ मङ्सिर १५ गते काठमाडौँको प्रज्ञा भवनमा भएको विमोचन कार्यक्रममा विभिन्न लेखक, प्रकाशक, साहित्यकार प्राज्ञले यस उपन्यासबारे आआफ्ना दृष्टिकोण प्रस्तुत गरे । प्रकाशक (जन शिक्षा गृह) दुर्गा पौडेलले यो प्रकाशन गर्दा आइपरेका पीडा सार्वजनिक गर्नुभयो । “कामरेड जलजला: पढिसकेपछि यसमा भएका पक्षमा धेरैका विचार आउन सक्ने छन् । यो पुस्तकको प्रतीक्षा गर्ने नेपाल कम्युनिस्ट पार्टी (मसाल) का पार्टी पङ्क्ति तथा देशविदेशका नेपाली पाठकहरू धेरै उत्सुकताका साथ प्रतीक्षारत् थिए । आफ्नो कठोर कर्मबाट सृजना भएको यो औपन्यासिक ग्रन्थ विमोचन भएकोमा स्वयम् कामरेड मोहनविक्रम सिंह र प्रतीक्षारत पाठकमा ठुलो उत्साह प्रकट भएको छ ।

    २. नेपालमा सम्भवतः पहिलोपटक यस प्रकारको उपन्यास सजिलोसँग जन्मिएको छैन । कामरेड मोहनविक्रमले आफ्नो जीवन प्रेमिका विद्या ढकाल (पार्टीमा विद्या ढकालको नाम जलजला राखिएको थियो) कति उच्च स्तरको प्रेम र सम्मान गर्नुभएको रहेछ भन्ने कुरा वर्तमान सामाजिक परिवेशबाट माथि उठेर प्रेम, राजनीति र दर्शनलाई अन्तरघुलन गराउनुभएको छ ।

    ३. कामरेड मोहनविक्रम सिंहलाई विरोध गर्ने, आलोचना गर्ने, गालीगलौज गर्ने, चरित्रहत्यासम्म गर्ने घटनाक्रमबाट उत्रिनुभएका मोहनविक्रम सिंह कामरेड “कामरेड जलजला” मार्फत औपन्यासिक रूपमा प्रेम, राजनीति र दर्शनबाट मानव समाजलाई औपन्यासिक माध्यमबाट दिशाबोध गराउनुभएको छ । जलजला उपन्यासलाई अहिले प्रचलनमा आएको उपन्यास जस्तो जलजलासितको प्रेमगाथा भरिएको, त्यसमा राजनीति र सिद्धान्त केही जोडिएको होला भनेर धेरैले अनुमान गरेका थिए । कतिपयले मोहनविक्रम सिंहबाट कस्तो प्रकारको उपन्यास आउने छ भन्ने पनि आश गरेका थिए तर यो ग्रन्थ त्यस प्रकारको सामान्य नभएर प्रेमलाई दर्शन, राजनीति र समाजसँग अन्तरघुलन गराएर भविष्यको मानव समाज (साम्यवाद) को दृश्य कल्पनामय तरिकाबाट देखाउनुभएको छ । उहाँको त्यो कल्पना कल्पना मात्रै नभएर जलजला र सुनन्दा जस्ता पात्रमार्फत वास्तविकतामा परिणत हुने गरी कल्पना गर्नुभएको छ । यो नै उपन्यासको नयाँ आयाम हो । प्रेमलाई दर्शनसँग अन्तरघुलन गराएर मानव समाजको सुन्दर व्यवस्थाको कल्पनामा उतार्ने यो उपन्यास मात्र नभएर औपन्यासिक ग्रन्थ बन्न पुगेको छ ।

    ४. कामरेड मोहनविक्रम सिंह अत्यन्त कडा मिहिनेती र प्रत्येक पलको समयलाई अधिकतम उपयोग गर्न सक्ने क्षमता भएको व्यक्ति हुनुहुन्छ । पार्टी जीवन, वर्गसङ्घर्ष र त्यसको नेतृत्व गर्नेसमेत व्यक्ति हुनाले उपन्यासका लागि छुट्टै समय पाउने अवसर मिल्न सक्दैनथ्यो । उपन्यास मात्रै लेख्ने हो भने पाँच/सात वर्षमै आउन सक्दथ्यो होला तैपनि यसले २३ वर्ष लियो । यसरी केही समय लेख्ने, फेरि छोड्ने अनि फेरि जोड्ने कला समात्न यो कसैले सक्दैनन् होला ।

    ५. कामरेड मोहनविक्रम सिंहको जीवन सङ्घर्षको जीवन हो । नेपालको विद्यमान राजनीति र सामाजिक परिवेशका विरुद्ध सम्पूर्ण जीवन सङ्घर्षमै बितिरहेको छ । अहिलेको राजनीतिक समाजले उहाँलाई अलगथलग बनाउन खोज्दछ । त्यसमाथि गलत राजनीति विरुद्धको सङ्घर्ष (पार्टीभित्र वा बाहिर) त झन् पेचिँदो र जटिल बन्ने गरेको छ । कतिपय अवस्थामा त एक्लै पर्नुपरेको पनि अवस्था छ । त्यसले पनि यस प्रकारको औपन्यासिक ग्रन्थ जन्मनका लागि आधार बन्यो ।

    ६. कामरेड मोहनविक्रम सिंहको विशेषता भनेको आफूले लिएको विचार (निष्कर्ष) मा अडिग रहनु हो । यस प्रकारको विशेषता मानव समाजका कालखण्डमा मात्र जन्मन्छन् । कम्युनिस्ट आन्दोलनका दार्शनिकहरू मार्क्स, एङ्गेल्स, लेनिन, त्यसभन्दा पहिलेका अन्य दार्शनिकहरू प्लेटो, गेटे, धार्मिक दार्शनिकहरू क्राइस्ट, हजरत मोहम्मद, सुकरात, सिद्धार्थ गौतम आदिले जे निष्कर्ष निकाले, उनीहरू परम्परागत राजनीति र समाजबाट माथि उठेर आफ्नो विचारलाई व्यवहारमा नै उतारे अर्थात् आफूले लिएको दर्शनलाई व्यवहार र जीवनशैली मै उतारे । कामरेड मोहनविक्रम सिंहको त्यस प्रकारको दार्शनिक चेतले त्यो स्तरको उपन्यास जन्मने आधार बनेको छ ।

    ७. पछिल्लो कालभन्दा प्रारम्भिक कालमा कामरेड मोहनविक्रम सिंहको पारिवारिक सङ्घर्ष पेचिलो र जटिल बन्यो । त्यस दौरानमा कामरेड विद्या ढकाल (कामरेड जलजला) सँग गहिरो प्रेम बस्यो । यो घटनाले पार्टीभित्र र बाहिर अन्तरद्वन्द्व पेचिलो र जटिल बन्यो । विद्या ढकालसँग कामरेड मोहनविक्रम सिंहको उच्च प्रकारको चेतना र स्पिरिटलाई पक्रने क्षमता थियो । विद्या ढकालसित पनि आफ्नो सम्पूर्ण जीवन पार्टी र क्रान्तिप्रति समर्पण गर्ने विशेषताका कारण दुवैबिच घनिष्टता बढ्यो । यो अवस्थामा त्यस बेलाको समाजलाई पच्ने कुरा थिएन । यो समय छोटो थियो । छ/सात वर्षपछि विद्या ढकालको दिल्लीमा बस दुर्घटनाबाट मृत्यु भयो । यसले मोहनविक्रम सिंहलाई अत्यन्त गहिरो चोट पुग्न गयो । आलोचना, विरोध, गालीगलौज, पारिवारिक सङ्घर्ष, राजनीतिक सङ्घर्षबाट विचलन हुने अन्तरमन प्रकट गर्ने स्वभाव मोहनविक्रम सिंहको कहिल्यै रहेन । यसरी जीवनभरको वर्गसङ्घर्षको राजनीतिलाई “कामरेड जलजला” उपन्यासमा प्रवेश गराएर कामरेड विद्या ढकाल (जलजला) सँगको उच्च स्तरको प्रेम, सम्मान र समर्पण यस उपन्यसमा छ ।

    ८. उपन्यास पढिसकेपछि त्यसको विवेचना सबै तहबाट आउला । जसरी एङ्गेल्सले भौतिक विज्ञानको परमाणु तत्त्वका आधारमा बनाएर मार्क्सवाद, वर्गसङ्घर्ष, द्वन्द्वात्मक भौतिकवादलगायत मार्क्सवादी दर्शनको सिर्जना भयो । अहिले परमाणुको सूक्ष्म तत्त्व तरङ्ग, जो आफैसित ऊर्जा पनि रहेको हुन्छ, यसरी वस्तुको अस्तित्व रहने जानकारी प्राप्त भइसकेको छ । त्यो क्वान्टम सिद्धान्तसम्म पुगेको छ । यसले मार्क्सीय दर्शनलाई अझ परिमार्जित गर्दै लैजाने छ । त्यसको आधारमा आजको प्राकृतिक समाजलाई व्याख्या गर्नुपर्ने आवश्यकता छ । त्यसको अध्ययन र अनुसन्धान गरेर यो उपन्यासमा जोडिएको भए अझै उच्च स्तरको ग्रन्थ बन्न सक्ने थियो ।

    ९. यो उपन्यास यति धेरै महत्त्व भएको भन्दा मोहनविक्रम सिंहबारे राजनीतिक, दर्शन, नेपाली साहित्य र नेपाली समाजबारे थुप्रै पुस्तक प्रकाशित भएका छन् । ती प्रकाशन पनि उत्तिकै उत्कृष्ट छन् तर “कामरेड जलजला” उपन्यास विश्व स्तरमै नयाँ आयामबाट प्रवेश भएको छ । यसको विशेषता भनेको उपन्यासको काल्पनिक उडानमा दर्शन, राजनीति, वर्गसङ्घर्ष र मानव समाजको मुक्ति र स्वतन्त्र समाज (साम्यवाद) को बाटोलाई डोर्‍याएको छ ।

    मोहनविक्रम सिंह भन्नुहुन्छ– “उपन्यास प्रेमको कथा र विश्वदर्शन हो ।” प्रेमलाई तात्कालिक र सीमित सीमाभित्र रहेको समाजको दर्शनमा मात्र सीमित नगराएर विश्व समाजको दर्शनसँग जोडिएकाले यो उपन्यास विश्वमै नौलो आयामको प्रयोग हो । म्याक्सिम गोर्कीको उपन्यास “आमा” ले तत्कालीन रुसी समाजको क्रान्तिकारी समयमा रहेका पात्रमार्फत व्यावहारिक घटनाक्रममार्फत रुसी क्रान्तिको सन्देश दिन्छ । त्यस उपन्यासमा प्रेम र वैवाहिक सम्बन्ध सँगसँगै जोडिन्छन् तर यो उपन्यासमा प्रेमलाई क्रान्तितिर डोर्‍याउँदै लगेर प्रेमलाई उच्च कोटिमा प्रस्तुत गरेको छ । प्रेम बिना मानव समाजको अस्तित्व हुँदैन भन्ने प्राकृतिक सिद्धान्त यो उपन्यासमा स्थापित भएको छ ।

    सोमबार, मङि्सर २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.