काठमाडौं । भुटानी राजा जिग्मे वाङचुक नेपाल आएका छन् ।
Advertisement
शुक्रबार बिहान त्रिभुवन विमानस्थल अवतरण गरेका उनलाई परराष्ट्रमन्त्री डा. आरजु राणाले स्वागत गरिन् ।
ड्रुक एयरको विमानबाट १९ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै उनी काठमाडौँआइपुगेका हुन्।
काठमाडौँमा उनले राजनीतिक तथा सरकारी अधिकारीहरूसँग शिष्टाचार भेटवार्ताका साथै बौद्धनाथ र स्वयम्भूनाथको दर्शन गर्ने तालिका छ।
उनी आजै स्वदेश फर्किनेछन्।