काठमाडौं । चितवनमा रास्वपा सभापति रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ ।
Advertisement
बधुबार बयानका लागि लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय लैजाने क्रममा उनका समर्थक र प्रहरीबीच झडप भएको हो ।
स्थिती नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास समेत प्रहार गरेको थियो ।
मंगलबार काठमाडौंबाट लामिछानेलाई बयानका लागि चितवन लगिएको थियो ।
बयान नसकिएपछि आज बुधबार पनि लामिछानेको बयान चलिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय अगाडि भएको झडप अहिले केही मत्थर भएको प्रहरीले जनाएको छ ।