काठमाडौं । दैलेखको दुल्लु नगरपालिका–१३ को वडाध्यक्षमा एमालेका लालबहादुर शाही विजयी भएका छन्। उनले ५६४ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रेशमबहादुर शाहीले ५७१ मत प्राप्त गरेका छन्।
Advertisement
यस्तै, नेकपा माओवादी केन्द्रका ढकेन्द्रबहादुर शाहीले २७८, राष्ट्रिय स्वतन्त्र पार्टीका रामबहादुर शाहीले ५३, नेपाल मजदुर किसान पार्टीका पूर्णबहादुर उपाध्यायले ४, राष्ट्रिय प्रजातन्त्र पार्टीका रेशमबहादुर मल्ले १३ मत प्राप्त गरेका छन्। ३३ मत बदर भएका छन्।
यस वडामा यस अघि पनि नेकपा एमालले चुनाव जितेको थियो।