काठमाडौँ । इथिकल ह्याकर विवेक सुवेदी अमेरिकामा अस्ताएका छन् ।
Advertisement
अमेरिकाको भर्जिनियामा चार नेपाली सवार कार दुर्घटना हुँदा उहाँसहित दुई जनाको मृत्यु भएको हो ।
रुखमा ठोक्किई कार दुर्घटना हुँदा बर्दियाका सुवेदी र रुकुमका सुरेश केसीको ज्यान गएको अमेरिकाबाट सञ्चालित अनलाइन पोर्टल नेपाल मदर डट कमले जनाएको छ ।
सुवेदी साइबर सुरक्षा अनुसन्धाकर्मी हुन् । उनी अमेरिकास्थित सिस्को नेटवर्किङ एकेडेमीमा विगत दुई वर्षदेखि साइबर सुरक्षा विश्लेषकका रूपमा कार्यरत थिए ।
त्यस्तै, रामलक्ष्मण ग्रुपमा साइबर सुरक्षा इन्जिनियर तथा सुरक्षा परामर्शदाताका रूपमा पनि उनले काम गरेका थिए । साइबर सुरक्षा कम्पनी क्रिप्टोजेन नेपालमा समेत उनले एसओसी एनालिस्टको रूपमा काम गरेका थिए ।
कोभेन्ट्री युनिभर्सिटीबाट सुवेदीले इथिकल ह्याकिङ र साइबर सुरक्षामा स्नातक तह उत्तीर्ण गरेका थिए ।