• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

खाना सकियो, भोलिदेखि नआउनु !


  •   शुक्रबार, जेठ ०२, २०७७ मा प्रकाशित
  • काठमाडौं । दिनको ठिक ११ बजेको छ । काठमाडौंको महाराजगञ्जस्थित नारायणगोपाल चोकमा ग्लोबल आईएमई बैंक छेउमै टाँटिएको टेन्ट अगाडि करिब ४० ५० जना मान्छे जम्मा हुन्छन् । त्यसरी जम्मा हुनेमा बालक, वृद्ध, महिला तथा अपाङ्गहरु पनि सामेल छन् ।

    Advertisement

    टेन्ट भित्र रहेका केही व्यक्तिहरु टेबुलमाथि प्याकिङ खाना राख्दै अलि टाढा–टाढा बसिदिन आग्रह गर्दैछन् । उनीहरु पालैपालो खाना दिँदै भन्दैथिए– ‘अब खाना आज मात्रै हो, भोलिदेखि नआउनु होला ।’

    खाना खान लाइन लागेका व्यक्तिमा हातमा खानाको प्याक परेपछि अनुहार उज्यालो त हुन्छ । तर, भोलिदेखि नआउनु भन्ने शब्दले फेरि निराश बनाउँछ ।

    अरिकल इभेन्ट्स प्रालिले सो स्थानमा निशूल्क भोजन वितण गर्न सुरु गरेको आज (शुक्रबार) २५ दिन भयो । ‘हामीले दैनिक ७÷८ सय जनालाई खाना वितरण गरिरहेका छौं । यहाँ भन्दा बाहिर लगेर पनि वितरण गर्छौं’ खाना दिँदै गरेका होम बुढाथोकीले युगदर्शनकर्मीसँग भने, ‘अब नसक्ने अवस्थामा छौं । भोलिदेखि यो कार्यक्रम बन्द हुन्छ ।’

    सो स्थानमा बुढाथोकीसहित यज्ञ न्यौपाने, नारायण पन्त, मोहन बहादुर ढकाल र दिपेश बुढाथोकी लगायतका समाजसेवी मिलेर विपन्न वर्गका व्यक्तिलाई खाना खुवाउने कार्यक्रम गरिरहेका हुन् ।

    ५३ दिनदेखिको लकडाउनका कारण दैनिक काम गरेर खान पाउने कैयौं विपन्न समूदायका व्यक्ति भोकभोकै पर्ने अवस्था छ । यस्ता व्यक्तिलाई कतिपय समाजसेवीहरु मिलेर खाना खुवाउने गरेका छन् । जति लकडाउन लम्बिँदै जान्छ, सहयोगको खाँचो पनि बढ्दै जान्छ । तर, निरन्तर सहयोग गर्नेहरुले अब खाना खुवाउन नसक्ने र सहयोग गर्न नसक्ने बताएपछि उनीहरु थप निराश बन्न थालेका छन् ।

    हातमा खानाको प्याक लिएपछि एक वृद्धाले अलिकति खुशी र अलिअलि आशंकित हुँदै भनिन्, ‘आज त खान पाइयो, अब भोलिदेखि के होला ?’

    शुक्रबार, जेठ ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.