• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

ब्रह्माण्डको उत्पत्तिबारे केही कुरा


  •   बुधबार, कार्तिक २८, २०८१ मा प्रकाशित
  • कमल कार्की ##

    Advertisement

    ब्रह्माण्डको उत्पत्तिसम्बन्धी विभिन्न विचार सिद्धान्त छन् । त्यसमध्ये आधुनिक विज्ञानले सामान्यतः स्वीकार गरेको महाविस्फोटको सिद्धान्त (Big Bang Theory) लाई मानिन्छ । यसअनुसार आजभन्दा १,३८० करोड वर्षपहिले महाविस्फोटबाट प्रारम्भिक ब्रह्माण्डको उत्पत्ति भयो । यो घटनापछि ब्रह्माण्डमा विभिन्न प्रकारका कण र तत्त्व बन्न थाले । त्यसले गर्दा तारा, ग्यालेक्सी र ग्रह निर्माण भयो । यसपछि अनुमानित ४५० करोड वर्षपहिले पृथ्वी निर्माण भयो ।

    पृथ्वीको सृष्टि भएपछि समुद्र र पर्यावरण बने, तबसम्म पनि कुनै पनि प्रकारको जीव वा जीवन अस्तित्त्वमा आइसकेको थिएन तर पनि पानी र पर्यावरणले अब भने भविष्यमा जीवनका लागि आवश्यक आधार र वातावरण तयार हुँदै गयो । त्यसले गर्दा जीवनको सुरुआत हुन मदत पुग्यो । सरल वा साधारण जीवहरू विशेष गरी एककोषीय जीव लगभग तीन सय ५० करोड वर्षअघि उत्पन्न भए । यस बेला मानव जीवनको विकास हुन बाँकी थियो तर यो चरणमा नै जीवनको प्रारम्भिक रूपको विकासले भावी उच्चस्तरीय जीवनको सम्भावना देखियो ।

    बहुकोषीय जीवको उत्पत्ति भएपछि विस्तारै वनस्पति तथा जनावरको पनि विकास भयो । त्यस क्रममा बहुकोषीय जीव, अन्य जनावरको पनि विकास प्रारम्भ भयो । समुद्रमा माछा, प्राणी र अन्य जीवको उदय भयो । मानव पूर्वजको विकास अझै भएको थिएन तर अन्य जीवजन्तु र जनावरको जीवनका विभिन्न प्रकारले पृथ्वीमा जीवनको विविधता बढाउँदै लगे ।

    यसै क्रममा स्तनधारी जीव विकास भइसकेको धेरै लामो कालखण्डपछि मात्र प्रारम्भिक मानव पूर्वजको विकास भयो । डायनोसरको लोप भएपछि स्तनधारीको विकास तीव्र गतिमा भयो । त्यसबाट बाँदर र मानवका पूर्वज जस्ता देखिने प्राणीको उदय भयो । प्रारम्भिक मानवका पूर्वज जस्तै आदिप्राइमेटस विकसित भए । यी प्राइमेटस दुई हागामा विभाजन भए । एक ग्रेट एप्स हुँदै गुरिल्ला ओराङओटाङ चिम्पान्जी भए । अर्को हाँगो अर्स्ट्यालोपिथेकस, नियान्डरथलको विकास हुँदै अन्ततः आजको मानव विकासको लागि आधार तयार भयो ।

    सायद यसरी क्रमिक विकास हुँदै जाँदा यही कालखण्डमा मानिसले दुई खुट्टामा हिँड्न सुरु गर्‍यो । यस क्रममा आदिम मानव पूर्वजले क्रमिक रूपमा दुई खुट्टामा हिँड्न सुरु गरे । यो घटनालाई “बाइपेडलिजम” (Bipedalism) भनिन्छ । जब मानिसले चार खुट्टाबाट दुई खुट्टामा हिँड्न थाल्यो, उनीहरूको शारीरिक संरचनामा केही महत्त्वपूर्ण परिवर्तन आए† जस्तो : दुई हात मुक्त भए । त्यसपछि मानिसले औजार बनाउने, खान बनाउने र विभिन्न सिर्जनशील कार्य गर्न थाल्यो । दुई खुट्टामा हिँड्दा शरीरमा ऊर्जा कम लाग्ने हुँदा मस्तिष्कमा बढी ऊर्जा उपलब्ध भयो, जसले मानिसको मस्तिष्कले सोच्ने क्षमता र बुद्धिको विकासमा योगदान गर्‍यो । खुट्टामा उभिँदा मानिसको उचाइ बढ्यो, जसले टाढाटाढासम्म देख्न हेर्न सिकार गर्न र सम्पूर्ण वातावरण अवलोकन गर्न सक्ने भयो । यसरी सिर्जनात्मक कार्य गर्न थालेपछि मानिसबिच काम बाँडफाँड गर्ने र अस्थायी रूपमा समूहमा बस्न थाल्यो, जसले समाज र संस्कृति निर्माणमा भूमिका खेल्यो । यसरी दुई खुट्टामा हिँड्न थालेपछि मानिसको शारीरिक र मानसिक विकासमा धेरै ठुला परिवर्तन आए ।

    यसै सिलसिलामा होमोजिनसको उदय भयो । होमोजिनस (Homogenous) आधुनिक मानवसहित अन्य सबै मानव प्रजातिको महाप्रजाति हो, जसमा आधुनिक मानिससहित अन्य धेरै विलुप्त मानव सादृश्य प्रजाति समावेश छन् । यसमा विभिन्न प्रजातिलगायत “होमोसेपियन्स” सहित “होमोह्याबिलिस”, “होमोइरेक्टस” जस्ता अन्य थुप्रै प्राचीन मानव प्रजाति पर्दछन् । होमोसेपियन्स (Homo Sapiens) भने होमोजिनसको एउटा प्रजाति हो, जसलाई हामी आधुनिक मानव भनेर चिन्छौँ । यो अहिले बाँचिरहेको एक मात्र होमो प्रजाति हो । अर्को शब्दमा “होमो” भनेको एउटा ठुलो वर्ग हो र “होमोसेपियन्स” यो वर्गको एउटा सदस्य हो ।

    आधुनिक मानवको विकास लगभग तीन लाख वर्षअघि बाट सुरु भयो । होमोसेपियन्सको विकासले मानवको शारीरिक र मस्तिष्कको क्षमतामा ठुलो विकास ल्यायो । यस लामो र कठिन सङ्घर्षमा मानव मस्तिष्कले कल्पना गर्ने क्षमता, आपसमा बोलीको माध्यमबाट विचार आदानप्रदान गर्न भाषाको विकास तथा अन्य उच्चस्तरीय जटिल कार्य गर्ने क्षमता विकास गर्‍यो, जसलाई कग्नेटिभ रिभोल्युसन भनिन्छ ।
    कग्नेटिभ रिभोल्युसन (Cognitive Revolution) ले मानवीय सोच, बुझाइ र मानसिक क्षमताको तीव्र विकासलाई जनाउँछ । यो लगभग ७० हजार वर्षपहिले भएको मानिन्छ । यस अवधिमा मानव मस्तिष्कमा भाषा, साङ्केतिक चिह्न, कल्पना र समाजिक संरचना (Social Structures) जस्ता क्षमताको विकास भयो, जसले मानव सभ्यतालाई एकदमै नयाँ दिशामा अघि बढायो । यस चरणमा सबैभन्दा महत्त्वपूर्ण कुरा भाषाको विकास भयो, जसको विकासले गर्दा मानवले जटिल विचार र जानकारी अरूसँग सजिलै साझा गर्न थाले । सामाजिक संरचनाको निर्माणले मानिस समूहमा बस्न, सहयोग गर्न र ठुला सामाजिक समूह बनाउन थाल्यो । मुख्यतः कल्पना शक्तिको विकास भयो, जसले सिर्जनात्मक क्षमतामा वृद्धि भएर धर्म, संस्कृति तथा मिथकको विकास भयो । यसले गर्दा मानवले विभिन्न उपकरण र प्रविधिको आविष्कार गर्न थाले, जसले मानव जीवनलाई सहज बनायो ।

    जब मानिसले कृषि र पशुपालनको सुरुवात गर्‍यो, तब पहिलोपटक व्यवस्थित स्थायी बसोबासको युग सुरुवात भयो । कृषि युग मानव सभ्यताको इतिहासमा एक अत्यन्तै महत्त्वपूर्ण चरण थियो । कृषि युग, जसलाई नवपाषाण युग पनि भनिन्छ, लगभग १० हजार वर्षपहिले सुरु भएको मानिन्छ ।

    जब मानिसले सिकार सङ्कलन गर्न छोडेर व्यवस्थित रूपमा खेती र पशुपालन गर्न थाले, तब मानिसको जीवनशैलीमा धेरै परिवर्तन भयो, जसले मानव सभ्यताको विकासको लागि आधार तयार गर्‍यो । यस युगमा मानव जातिले व्यवस्थित कृषि प्रणालीको सुरुआत भयो । मानिसले व्यवस्थित बाली लगाउन र खेती गर्न थालेपछि खाद्यान्न उत्पादनमा वृद्धि भयो । यसले सिकारमा निर्भरता घटायो र खाना सुनिश्चित भयो । मानिसले माटोको उपयुक्तता, मौसमी परिवर्तन र बालीचक्रको बारेमा ज्ञान हासिल गर्‍यो ।

    कृषिमा स्थायित्व आएसँगै मानिस एक स्थानमा स्थायी रूपमा बस्न थाले । यसले गाउँ, सहर र अन्य सामाजिक संरचनाको विकासलाई प्रोत्साहन गर्‍यो । बसोबासको स्थायित्वले मानिसलाई घर बनाउने, सुरक्षा गर्ने र सामाजिक सम्बन्धलाई अझ मजबुत बनाउने अवसर दियो ।
    कृषिका साथै पशुपालन पनि कृषि युगको एउटा महत्त्वपूर्ण अंश बन्यो । मानिसले गाई, भैँसी, बाख्रा, भेडा, गधा र अन्य जनावरको पालनपोषण गर्न थाले, जसले दुध, मासु र ऊन जस्ता आवश्यक वस्तुको उत्पादन सुरु भयो । साथै, जनावरलाई खेतीका लागि प्रयोग गरिन थालियो, जसले उत्पादनमा सहयोग पुर्‍यायो । मानिसले पत्थर, हाड र काठ जस्ता साधन प्रयोग गरेर खेतीका लागि विभिन्न उपकरण बनाउन थाले । हालो, कोदालो र सिँचाइका साधनको विकासले खेतीलाई अझ सजिलो र प्रभावकारी बनायो ।

    खेतिपातीको प्रभावकारिता बढाउन मानिसले सिँचाइ प्रणालीको विकास गरे । नदी, पोखरी र पानीका अन्य स्रोतको उपयोग गरेर खेतमा पानी पुर्‍याउन थालियो । यसले सुक्खा क्षेत्रमा पनि खेतीलाई सम्भव बनायो । कृषि उत्पादन बढेसँगै खाद्यान्नको भण्डारण प्रणाली पनि विकास भयो । मानिसले माटोका भाँडा तथा अन्य भण्डारण साधन बनाएर अनाज भण्डारण गर्न थाले । यसले खाद्यान्न सङ्कटको समयमा पनि खाद्यान्नको आपूर्ति सुनिश्चित गर्‍यो ।

    कृषि युगमा खाद्यान्न उत्पादनमा वृद्धि हुँदा श्रमविभाजनको थालनी भयो । केही मानिस खेतीमा संलग्न रहँदा अन्यले कुमाल, लोहार र बुनकर जस्ता व्यवसायमा संलग्न हुन थाले । यसले वस्तु विनिमय र व्यापारलाई पनि प्रोत्साहन दियो, जसबाट सामाजिक, आर्थिक र सांस्कृतिक आदानप्रदान बढ्यो ।

    यसरी कृषि युगले मानिसको जीवनशैलीमा व्यापक परिवर्तन ल्याइदियो र मानव सभ्यताको आधार तयार गर्‍यो । कृषि र पशुपालनले मानिसको आर्थिक अवस्था र समाज संरचनामा ठुलो परिवर्तन ल्याइदियो, जसले आधुनिक समाज निर्माणको मार्गप्रशस्त गर्‍यो ।
    एक पुस्ताबाट अर्को पुस्तामा, एक समूहबाट अर्को समूहमा जानकारीको आदानप्रदान भाषाले सजिलो बनाएसँगै इतिहास, संस्कृति र ज्ञानलाई पुस्तान्तरण गर्न सम्भव भयो, जसले दर्शन र समाजको विकासको आधार तयार गर्‍यो । यसरी कृषि युगसँगै सभ्यता र दर्शनको पनि प्रारम्भ भएको मानिन्छ ।

    कृषि युगको व्यवस्थित प्रवेशसँगै मानिसलाई सामाजिक संरचना र सभ्यताको विकास गर्न सक्षम बनायो । अब मानिसहरू प्राकृतिक वातावरणमाथि नियन्त्रण गर्न र विचारको संरचना बनाउन सक्षम भए । यस चरणमा मानिसले दृष्टिकोण, दर्शन, विज्ञान र कला जस्ता ज्ञानका क्षेत्रमा खोज र अध्ययन–अनुसन्धानको प्रारम्भ गर्‍यो ।

    तत्कालीन मानव मस्तिष्कले जीवन, जगत् र अस्तित्त्वको बारेमा गहिरो अध्ययन गर्न थाल्यो । प्राचीन युनान, बाल्कन प्रायद्विप र त्यस वरपरका टापु तथा एजेयन, इओनियन, मेडेटेरिनियन समुद्रको छेउछाउ, मेसोपोटामियाको टाइग्रिस र युफ्रेटस नदीकिनार, प्राचीन इजिप्टको निल नदीको किनार आसपास, प्राचीन चीनको यल्लो रिभर, ह्वाङ हो, याङत्जे, छाङ्ज्याङ नदी आसपासका क्षेत्र, प्राचीन जापानको नाराक्योतो तथा माउन्ट फुजी जस्ता पर्वत तथा प्राचीन भारतमा सिन्धु नदीकिनारलगायत यस हिमाली उपमहादिपमा पनि अतिरिक्त अन्नको उत्पादनले फुर्सदिला भएका मानिसले स्वैच्छिक रूपमा जिचारविमर्श गर्न थाल्यो । त्यसको परिणामस्वरूप हालको भारत–पाकिस्तानमा पर्ने सिन्धु नदीको किनारमा वैदिक सभ्यताको विस्तारै विस्तारै विकास हुन थाल्यो । यसले कालान्तरमा श्रुतिस्मृति/गुरुशिष्य परम्पराका रूपमा वैदिक सभ्यता र दर्शनको विकासको सुरु भयो, जो आज वैदिक दर्शन र सिन्धु घाँटी सभ्यताको नामले परिचित छ ।

    बुधबार, कार्तिक २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.