• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

ट्रम्पको विजयले विश्वमा पर्ने असर


  •   मङ्गलबार, कार्तिक २७, २०८१ मा प्रकाशित
  • मनोज भट्ट ##

    Advertisement

    १. अमेरिका एउटा शक्तिसम्पन्न (सुपर पावर) राष्ट्र हो । त्यहाँ हालै सम्पन्न भएको राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको विजयले अमेरिकाको आन्तरिक राजनीतिका साथै विश्वव्यापी प्रभाव र असर पर्ने छ । ट्रम्पले अमेरिकी राष्ट्रपतिको एक कार्यकाल पहिले नै पूरा गरिसकेका थिए । यो उनको दोस्रो कार्यकाल हो । त्यसैले ट्रम्पले आफ्नो पहिलो कार्यकालमा अपनाएको नीति र अहिले आएर निर्वाचनमा सार्वजनिक रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सवालमा उनले बोलेका वा प्रतिबद्धता व्यक्त गरेका विषयको आधारमा उनको आगामी नीति के हुने छ ? त्यसले विश्वव्यापी रूपमा कुन प्रकारको असर पर्ने छ भनेर आँकलन गर्न सकिन्छ तर त्यो कार्यमाथि विचार गर्दा हामीले के कुरामा पनि ध्यान दिनुपर्दछ भने पपुलिस्ट (लोकप्रियतावादी) नारा दिने सवालमा डोनाल्ड ट्रम्प अन्तर्राष्ट्रिय रूपमा नै बदनाम व्यक्ति पनि हुन् । जनताको मनोविज्ञान भजाएर त्यही प्रकारको नारा अगाडि सार्न उनी खप्पिस मानिन्छन् । त्यसैले यो भन्नका लागि आधार छ कि निर्वाचनको क्रममा उनले पपुलिस्ट सूत्रको नै बढी प्रयोग गरेका छन् तैपनि जनवरी १, २०२५ मा उनले राष्ट्रपति पदको शपथ ग्रहण गर्ने छन् । आफ्नो सरकार चलाउन उनले बाइडेन प्रशासनका कर्मचारी हटाएर आफ्ना नयाँ ४ हजार कर्मचारी भर्ना गर्ने छन् । त्यसपछि उनले अपनाउने नीतिको आधारमा नै बढी ठोस रूपमा केही भन्न, मूल्याङ्कन वा विश्लेषण गर्न सकिने छ ।

    २. सर्वप्रथम डोनाल्ड ट्रम्पको जितबाट फासिवादी शक्तिहरू नै हौसिएका छन् । युरोपका १२ ओटा मुलुकमा फासिवादी शक्ति बलिया हुनुका साथै त्यहाँ फासिवादको लहर छ । ट्रम्पको जितले युरोपमा फासिवाद फैलिन थप बल पुग्ने छ । युरोपका १२ ओटा मुलुकसहित अन्य देशमा पनि फासिवादी शक्तिको मनोबल बढ्ने छ । त्यो कुरा युरोपसहित अन्य मुलुकको हकमा पनि लागु हुन्छ । ट्रम्प आफैमा एउटा सर्वसत्तावादी अर्थात् फासिवादी चरित्र र कार्यशैली भएका व्यक्ति हुन् । आफ्ना विपक्षीमाथि दमन तथा बुर्जुवा निर्वाचनको परिणामसमेत अस्वीकार गर्ने न्युनतम लोकतान्त्रिक चरित्रको पनि उनमा अभाव छ । ट्रम्पको जितबाट इटाली, हङ्गेरीलगायतका फासिवादी सरकार बढी प्रशन्न छन् ।  ट्रम्पको पुनरागमनले अमेरिकाको आन्तरिक लोकतन्त्र कमजोर हुनुका साथै फासिवादलाई फैलिन बल पुग्ने छ । त्यसैले ट्रम्पको जितले विश्वमा फासिवादको खतरालाई झन् बढाएको छ ।

    ३. अमेरिकाले आन्तरिक रूपमा सन् २००८ देखि गम्भीर प्रकारको आर्थिक सङ्कटको सामना गर्दै आइरहेको छ । अमेरिका ३३ खर्ब अमेरिकी डलरको ऋणमा छ । आर्थिक सङ्कटका कारण २ लाख ४७ हजार कर्मचारी सङ्ख्या भएको अमेरिकाको बैङ्क अफ अमेरिकाले एकै चोटी ३५ हजार कर्मचारी कटौतीको घोषणा गर्नुपरेको थियो । अमेरिकामा २२ ओटा राज्यले आफ्नो कर्मचारीलाई पैसा नदिएर नोकरीबाट हटाएको थियो । २८ ओटा राज्यले पेन्सनको रकममा भारी कटौती गरेका थिए । अमेरिकामा सयौँ बैङ्क टाट पल्टिएका छन् । अमेरिकाका झन्डै १४ ओटा भन्दा बढी राज्यको अवस्था झन् दयनीय छ । सरकारले पठाएको चेक खातामा पैसाको अभावको कारणले बाउन्स हुने डर रहिरहन्छ । सन् २००९ देखि ठुलो सङ्ख्यामा कम्पनीहरू टाट पल्टिँदै जाने क्रमका कारण लाखौँ मजदुरले आफ्नो रोजगारी गुमाउनु परिरहेको छ । प्रत्येक वर्ष अमेरिकाले शिक्षा, स्वास्थ्यमा बजेट कटौती गर्दै लगिरहेको छ । घरबारविहीनको सङ्ख्या बढ्दो छ । बेरोजगारीको सङ्ख्या लगातार बढिरहेको छ । अमेरिकाका काला जातिका मानिसको जीवन झन् बढी कष्टकर बनेको छ । यसबाट अमेरिकाका जनताले भोगिरहेको गम्भीर आर्थिक सङ्कटलाई बताउँछ ।

    ४. तर अमेरिकी नागरिकबाट उठाएको कर अमेरिकाको साम्राज्यवादी सरकारले आफ्नो मुलुकका जनतालाई शिक्षा, स्वास्थ्य, रोजगारी, आवासका लागि खर्चिनुभन्दा त्यो रकमलाई युद्ध उक्साउन, युद्ध गर्न/गराउनमा प्रयोग गरिरहेको छ जसको परिणाम अमेरिकामा व्यापक असन्तुष्टि छ । जनताले तिरेको करको अमेरिकी जनताका लागि नभएर युद्धका लागि खर्च भइरहेको हुनाले अमेरकी नागरिक आक्रोशित छन् । अमेरिकाले रुसयुक्रेन युद्धमा ७६ अर्ब अमेरिकी डलर सहयोग गरेको छ । द्वितीय विश्वयुद्धपछि अमेरिकाले सबैभन्दा बढी सहयोग गरेको मुलुक इजरायल नै हो । अहिले इजरायलले प्यालेस्टाइनमाथि गरिरहेको आक्रमणका लागि अमेरिकाले साढे सात अर्ब अमेरिकी डलर सहयोग गरेको छ । अमेरिकाले रक्षा क्षेत्रमा ठुलो धनराशि खर्च गर्ने गरेको छ । त्यसका साथै नेटोमा समेत अमेरिकाको ठुलो लगानी रहेको छ । जनताको यही मनोविज्ञान बुझेर डोनाल्ड ट्रम्पले रुसयुक्रेन युद्ध, गाजा–इजरायल युद्ध रोक्ने र नेटोमा भइरहेको खर्चमा कटौती गर्ने नारा दिएका हुन् ।

    ५. रुसयुक्रेन, इजरायल–प्यालेस्टाइन युद्ध रोक्ने तथा सैन्य खर्चमा कटौती गर्ने भनेर ट्रम्पले नारा दिए पनि उनले युद्ध उक्साउन र सहयोग गर्न रोक्लान् भनेर विश्वास गर्न सक्ने आधार छैन । रुसलाई युरोपमा आउनबाट रोक्न नै अमेरिकाले नेटोको स्थापना गरेका हुन् । युरोपमा ठुलो सङ्ख्यामा अमेरिकी सैन्य शक्ति केन्द्रित गरिएको छ । रुसयुक्रेन युद्धको स्थितिमा सैन्य शक्ति युरोपमा थप वृद्धि गरिएको छ । सोभियत सङ्घको विघटनपश्चात् पनि रुस कमजोर नभएको सन्देश रुसयुक्रेन युद्धबाट युरोपमा राम्रोसँग स्थापित भइसकेको छ । रुसको डर देखाएर अमेरिकाले युरोपको भयदोहन गरिरहेको दुनियाँलाई थाहा छ । अमेरिकी नेतृत्वको पश्चिमा सैन्य गठबन्धनकै बलमा इरान, इराक, अफगानिस्तानलगायतका मुलुकलाई ध्वस्त पारिएको हो । त्यसैले अमेरिकाले नेटोलाई दिइरहेको खर्च कटौती गर्नेभन्दा युरोपलाई रुसको डर देखाएर उनीहरूले नेटोमा खर्च गर्ने बजेटमा वृद्धि गराउनमा दबाब दिन सक्दछ । इजरायलले अमेरिकाका लागि रणनीतिक महत्त्व राख्दछ । इजरायललाई आफ्नो आधार बनाएर दक्षिण एसिया प्रवेश गर्ने अमेरिकी रणनीति छ । अमेरिकामा यहुदीहरू ठुलो सङ्ख्यामा छ । यहुदी व्यापारीकै सहयोगबाट डोनाल्डले निर्वाचन पनि जितेका कारण यहुदीलाई चिढाएर ट्रम्पले बेग्लै नीति लिने सम्भावना छैन र देखिँदैन ।

    ६. डोनाल्ड ट्रम्पकै कार्यकालमा चीनसँग व्यापार युद्ध सुरु भएको हो । अमेरिकाले आफ्नो उत्पादन विश्वभरि निर्वाध रूपमा प्रवेश गर्न पाउनुपर्ने कुराको वकालत गर्छ तर ट्रम्पले चीनको आयातमाथि कडा नियन्त्रण गरेर संरक्षणवादी नीति लागु गर्न खोजेका थिए, जसको परिणाम चीन र अमेरिकाका बिच व्यापार युद्धको स्थिति उत्पन्न भएको थियो । ट्रम्प जितेर आएपछि चीनको अमेरिकामा हुने व्यापारमाथि थप कडा नीति अपनाउने, ताइवानलाई चीनका विरुद्ध उक्साउने, दक्षिण सागरमा आफ्नो उपस्थिति बढाएर लिएर जाने नीतिलाई अगाडि बढाउन सक्ने सम्भावनामाथि विचार गर्दा त्यसबाट चीन–अमेरिका द्वन्द्व बढ्ने र त्यसबाट विश्वमा नै तनावको स्थिति बन्ने छ ।

    ७. ट्रम्पको विजयपश्चात् चीन विरुद्धको अमेरिकी नीतिको असर नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा पर्ने खतरासमेत पैदा गरेको छ । दुईओटा शक्तिराष्ट्रको सङ्घर्ष वा कडा प्रतिष्पर्धाका दौरान आआफ्नो शिविरमा लैजान दुईटैको प्रयत्न हुन्छ । त्यो स्थितिमा नेपालको असंलग्न परराष्ट्रनीतिमाथि नै जोड दिनुपर्ने हुन्छ तर एमसिसी पारित भएपछि नेपालको परराष्ट्रनीतिले असंलग्नताको सिद्धान्तलाई क्रमशः छोड्दै गएको छ ।

    ८. ट्रम्पको विजयले मध्यपूर्वको समस्या समाधान हुन सक्दैन । इरानमाथि ट्रम्पकै कार्यकालमा आक्रमणको नीति अपनाइएको थियो । इरानका लोकप्रिय नेता तथा सैन्य प्रमुख कासिम सुलेमानीको अमेरिकाले हत्या गरेको थियो । लिबियालाई ध्वस्त बनाएको थियो । हिन्दप्रसान्त महासागरसँग जोडिएका मुलुकलाई आफ्नो सैन्य मोर्चामा ल्याउन नै ट्रम्पको पहिलो कार्यकालमा हिन्दप्रसान्त रणनीति अगाडि सारिएको हो । हिन्दप्रसान्त रणनीतिमा अन्य मुलुकलाई सामेल गर्न एमसिसी जस्तो विकास परियोजनालाई अगाडि बढाइएको छ । त्यसैले ट्रम्पको विजयले हिन्दप्रसान्त क्षेत्रमाथि अमेरिकी हस्तक्षेप बढेर जाने र त्यसका साथै मध्यपूर्वको समस्या समाधान हुनुको सट्टा झन् बढ्ने छ ।

    ९. गैरकानुनी आप्रवासनको समस्याले अमेरिकाका लागि गम्भीर चुनौती खडा गरेको छ । गैरकानुनी आप्रवासन, शरणार्थी समस्याले अमेरिकाको राजनीतिक, आर्थिक, सामाजिक जनजीवनमा ठुलो समस्या पैदा गरेको छ । त्यसैले ट्रम्पले आप्रवासनमाथि नियन्त्रण गर्ने नारा दिएका थिए । त्यो नारा दिएका कारण पनि ट्रम्पलाई चुनाव जित्न सजिलो बनाएको हो तर आप्रवासनलाई रोक्नु वा अमेरिकामा भएका आप्रवासीलाई उनीहरूको मुलुक फिर्ता गर्नु (डिपोर्ट) निकै जटिल छ । अमेरिकाको गृहमन्त्रालयको तथ्याङ्कअनुसार सन् २०२२ सम्म अमेरिकामा झन्डै १ करोड १० लाख अप्रमाणित आप्रवासी छन् । यो सङ्ख्या अमेरिकी जनसङ्ख्याको कुल ३.३ प्रतिशत हो । प्रत्येक वर्ष अमेरिकी सरकारले औसतमा १ लाख आप्रवासीलाई उनीहरूको मुलुक फिर्ता पठाउँछ । स्वयम् ट्रम्पले आफ्नो पहिलो कार्यकालमा झन्डै १५ लाख आप्रवासीलाई आआफ्नो मुलुक फिर्ता पठाएका हुन् । सन् १९५४ देखि यो समस्या लगातार वृद्धि भइरहेको छ । आप्रवासीलाई उनीहरूको मुलुक फिर्ता गराउने कुरा कानुनी रूपमा निकै जटिल तथा खर्चिलो छ । सन् २०२३ मा आप्रवासीलाई उनीहरूको मुलुक फिर्ता गराउन यातायात खर्चमा मात्र अमेरिकी सरकारको ४२.३ करोड डलर खर्च भएबाट पनि यो प्रक्रिया कति खर्चिलो हुने गर्छ ? त्यसको अनुमान गर्न सक्छौँ । त्यसैले अमेरिकामा भएका करोडौँ आप्रवासीलाई निष्काशित गर्नु ट्रम्पका लागि सजिलो छैन, आप्रवासीको निष्काशन उनको पपुलिस्ट नारा मात्रै हो ।

    १०. ट्रम्प विजयी भए पनि अमेरिकाले अहिलेसम्म अपनाउँदै आएको विदेशनीतिमा खासै त्यस्तो ठुलो परिवर्तन हुनेवाला छैन । सरकारमा बस्ने पात्र फेरिन्छन् तर मुलुकको आफ्नो कूटनीतिमा परिवर्तन हुँदैन । डोनाल्ड ट्रम्पकै नीतिलाई जो बाइडेनले निरन्तरता दिएका थिए । जो बाइडेनपक्षीय उम्मेदवारको हार भए पनि ट्रम्पले पनि उही पुरानो परराष्ट्रनीतिलाई निरन्तरता दिनेमा शङ्का छैन ।

    ११. अमेरिकामा देखिएको सङ्कट, बेरोजगारी, महङ्गी, ठुलो सङ्ख्यामा रोजगारी कटौती पुँजीवादभित्रको गहिरो हुँदै गएको सङ्कटको परिणाम हो । पुँजीवादभित्रको चुलिँदै गएको सङ्कटको समाधान ट्रम्प वा ह्यारिसले दिने नारा वा उनीहरूको जितबाट सम्भव छैन । पुँजीवादले जन्माएको सङ्कटको समाधान समाजवादी क्रान्ति नै हो । पुँजीवादको विकास हुँदै जाँदा राष्ट्रिय बजारले उनीहरूको आवश्यकता पूरा गर्दैन । त्यो अवस्थामा उनीहरूले राष्ट्रिय बजारका साथै अन्तर्राष्ट्रिय बजारका लागि आफ्नो प्रभाव फैलाउन विभिन्न कमजोर, अल्पविकसित मुलुकलाई आफ्नो उपनिवेश बनाउन राजनीतिक, आर्थिक तथा सैन्य दबाबमा राख्छन् । साम्राज्यवादका लागि उपनिवेश अनिवार्य तत्त्व हो । जति बढी उपनिवेश हुन्छन्, त्यति नै साम्राज्यवादका लागि शोषण गर्ने, त्यहाँको कच्चा पदार्थ, औपनिवेशिक मुलुकको ढुकुटीमाथि ठुलो मात्रामा कब्जा हुन्छ । साम्राज्यवाद भनेको युद्ध पनि हो । त्यसैले अमेरिकाको निर्वाचनमा जोसुकैले जिते पनि तेस्रो विश्वका मुलुक, एसिया, ल्याटिन अमेरिका र अफ्रिकामा अमेरिकी साम्राज्यवादको शोषण कम हुनेवाला छैन । अमेरिकी साम्राज्यवादका विरुद्ध राष्ट्रिय मुक्ति आन्दोलन सञ्चालन नगरी उत्पीडित मुलुकहरूलाई स्वाधीनता प्राप्त हुनेवाला छैन ।

    मङ्गलबार, कार्तिक २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.