गजल/नवीन बस्याल
Advertisement
जिम्मेवारीका चापले झार्यो आँसुको भेल आँखामा ।
समालिएको छु ओभाएको छ आँसु अचेल आँखामा ।१।
सबैको यस्तै हो कि कसो काँधमा घट्दैन बोझ मेरो ।
भन्नेले भन्छन् यस्तै हो झर्छ आँसु बाँचुञ्जेल आँखामा ।२।
खुसी नै थिए दाउरा काट्दा गोठालो जाँदा पहिले गाउँमा ।
सम्झना आउँछ साथीले पारिदिएको मट्टीतेल आँखामा ।३।
न त म अगाडि बढेँ न देश अगाडीिबढाउन सके नेताले ।
कल्पना गर्छु विदेशको विकास घुम्छ गाडी रेल आँखामा ।४।