रवि पौडेल ##
रोएर डिलमा बसेको छ हाम्रो देश
बदलिँंदै देखिएका छन थरीथरीका भेष
बदलिन्छन् सरकार लाग्छ सधैँ झर्को
रोकिँदैन विदेशिन युवाहरूको लर्को
हेर्दाहेर्दै देश साँगुरो विदेशीले मिचेर
विदेशी आउँछन लान्छन् फोटो खिचेर
लेख्छन् नेपाल गरिब राष्ट्रमा अब्वल बनेको छ
पत्रिका पढ्नुस् अन्तर्राष्ट्रिय मिडियाले भनेको छ
मर्दछन् गरिबका छोराछोरी चर्को घाममा
शाषक रमाउँछ ऋण काढेको दाममा
ऋणको भारी चुलिएर देश बन्दगी भयो
नेताका झुटा आश्वासनले देश नर्क भयो
अपराधी नेताहरूले सरकार नछोडे देश बन्दैन
यिनीहरू छउन्जेल छिमेकीले हामीलाई गन्दैन
बिदाई गरौँ यिनलाई कसरी हुन्छ बरु उठाऊँ हतियार
भगाऊँ लुटेराहरू यी विदेशीका सबै मतियार
युवा शक्ति उठ्न सके परिवर्तन सम्भावना छ
सिद्धान्तनिष्ठ अनुशासित एउटा मात्रै पार्टी छ
लागौँ कम्मर कसी उठौँ जागौँ एकाकार बनौँ
एक स्वरमा नारा लगाऔँ दलाल मुर्दाबाद भनौँ