• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

प्राविधिक शिक्षा अध्ययनका लागि बिनाब्याज पाँच लाख ऋण दिँदै परशुराम नगरपालिका


  •   सोमबार, कार्तिक १९, २०८१ मा प्रकाशित
  • डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाले प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि विद्यार्थीहरूलाई विनाब्याज रु पाँच लाख ऋण दिने भएको छ।

    Advertisement

    नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट नगरमा स्थायी बसोबास गर्ने इच्छुक प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनरत विद्यार्थीलाई ऋण दिने भएको हो।

    नगरप्रमुख भरत बडायर जोशीले नगरपालिकाले यसअघि राजपत्रमा प्रकाशित गरेको प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि शैक्षिक ऋण दिने सम्बन्धमा बनेको निर्देशिका, २०८१ अनुसार ऋण दिन लागिएको बताए।
    त्यसका लागि नगर क्षेत्रमा बसोबास गर्ने प्राविधिक शिक्षा अध्ययन गर्न चाहने आदिवासी, दलित, महिला, पिछडिएको वर्ग, लोपोन्मुख जाति, घाइते, अपाङ्गता, सहिद परिवार, जेहेन्दार तथा विपन्न विद्यार्थीलाई आवेदनका लागि आह्वान गरिएको जानकारी दिए।

    ‘हामीले निर्देशिका पारित गरेर गत वैशाख ३ गते नै राजपत्रमा प्रकाशित गरिसकेका छौँ । सोही निर्देशिकाको मापदण्डअनुसार आवेदन दिन कात्तिक १३ गते सार्वजनिक सूचना जारी गरिसकेका छौँ। आगामी मङ्सिर २० गतेसम्म आवेदन दिन सकिने छ’, नगरप्रमुख जोशीले भने।

    ऋण रकम सामान्य चिकित्सा (एचए), ओभरसियर, स्टाफ नर्स, इञ्जिनियरिङ, पाइलोटिङ, एमबिबिएस, कृषि, पशु, सूचना प्रविधिलगायत अन्य विभिन्न क्षेत्रसँग सम्बन्धित प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई दिइने प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्टले जानकारी दिए।

    आवेदन दिँदा विद्यार्थीले नागरिकताको प्रमाणपत्र प्रतिलिपि, ऋण लिन चाहेको तहभन्दा एक तहमुनिको ट्रान्सक्रिप्ट, परिवारका दुई जना सदस्यहरूको मन्जुरीनामा पत्र, सम्बन्धित वडाको शैक्षिक ऋणका लागि गरिएको सिफारिस, विद्यार्थी भएको प्रमाणित हुने र अध्ययनरत तह वा कोर्सको जम्मा शैक्षिक शुल्क खुल्ने सम्बन्धित शैक्षिक संस्थाको पत्रलगायत कागजात तथा प्रमाण आवश्यक पर्ने भट्टले बताए।

    यसवर्ष आवेदन दिनेमध्ये कम्तीमा २० जनालाई शैक्षिक कर्जा दिने योजना रहेको नगरप्रमुख जोशीले जानकारी दिए। यसरी लिइने ऋण शैक्षिक कोर्षको अन्तिम परीक्षा दिएको एक वर्षभित्र न्यूनतम २५, दुई वर्षभित्र ५०, तीन वर्षभित्र ७५ र चार वर्षभित्र सबै फिर्ता गर्नुपर्ने निर्देशिकामा उल्लेख छ। रासस

    सोमबार, कार्तिक १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.