काठमाडौं । नेकपा एमालेले आगामी उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा डा सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ।
एमाले कीर्तिपुर नगर कमिटीको आज बसेको बैठकले डा मानन्धरलाई सर्वसम्मत उम्मेदवार बनाउन सिफारिस गरेको एमाले काठमाडौँ जिल्ला कमिटी अध्यक्ष दिपक निरौलाले जानकारी दिए। डा मानन्धर एमाले केन्द्रीय सदस्यसमेत हुन्।
नगर कमिटीबाट सिफारिस भई आएको नामलाई जिल्ला कमिटीले अनुमोदनका लागि प्रदेश कमिटीमा पठाउने र प्रदेश कमिटीले नै उम्मेदवारको अन्तिम टुङ्गो लगाउने छ।
यसअघि १३ कार्तिकमा राष्ट्रिय प्रजातन्त्र पार्टीले कीर्तिपुर नगरपालिकाको मेयरका लागि ध्रुव महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
यस्तै राप्रपाले वडा नम्बर १ को वडाध्यक्षमा सुरेन्द्र उप्रेती र ४ को वडाध्यक्षमा विशेष बस्नेतलाई उम्मेदवार बनाउने भएको छ
कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएपछि उक्त पद रिक्त भएको हो। उपनिर्वाचन आगामी मङ्सिर १६ गते हुने तय भएको छ।
अहिले स्थानीय तहका ३९ पद रिक्त छन्। जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष तीन, वडाध्यक्ष नौ, नगरपालिका मेयर एक, उपमेयर एक र वडाध्यक्षका २१ पद रिक्त छन्।
यी हुन् मंसिर १६ गते निर्वाचन हुने स्थानीय तह

