• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

देशव्यापी प्रगतिशील देउसीभैलो खेल्दै राजमो र रक्तिम


  •   बिहिबार, कार्तिक १५, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चा र रक्तिम सांस्कृतिक अभियानले यतिखेर देशव्यापी रूपमा प्रगतिशील देउसीभैलो खेलिरहेका छन् ।

    Advertisement

    २०८१ कात्तिक १३ गतेदेखि सुरु भएको उक्त कार्यक्रम कात्तिक २६ गतेसम्म सञ्चालन हुने भएको हो ।

    कार्यक्रममा ठुलो सङ्ख्यामा राजमोका नेताकार्यकर्ता तथा रक्तिमका कलाकारको सहभागिता रहेको छ ।

    प्रगतिशील देउसीभैलोमा देश र जनताको पक्षमा गीतसङ्गीत र नृत्य प्रस्तुत गरिनुका साथै राजमोले आयोजनामा आगामी चैत २४ देखि ३०

    गतेसम्म सम्पन्न हुने सङ्घीयता विरोधी काठमाडौँकेन्द्रित आन्दोलनको प्रचारप्रसारलाई महत्त्व दिएको छ ।

    देउसीभैलो टोली कतै जिल्लास्तरको रहेको छ भने कतै वडास्तरीय छन् । अर्घाखाँचीको सन्धिखर्कमा भने कात्तिक २६ गते मात्रै भैलो कार्यक्रम सम्पन्न हुने छ ।

    काठमाडौँ

    काठमाडौँमा राजमो र रक्तिम जिल्ला समितिको आयोजनामा प्रगतिशील देउसीभैलो कार्यक्रम कात्तिक १४ गतेदेखि सुरु भएको छ ।

    राजमो केन्द्रीय सल्लाहकार आनन्द शर्मा, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढा, राजमो केन्द्रीय सदस्यहरू लालबहादुर थापा र सुधा शर्मा, प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सदस्य रमेश पौडेल, नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगतप्रसाद रेग्मी, राजमो काठमाडौँका सचिव छवि खनाल, अखिल (छैठौं) का पूर्व केन्द्रीय अध्यक्ष देवेन्द्र कुँवर, रक्तिमकी केन्द्रीय सदस्य मेष्मा पुनलगायत दुई दर्जनजतिको स्थायी टोलीले काठमाडौँमा देउसीभैलो खेलिरहेको छ ।

    चितवन
    चितवनमा रक्तिम केन्द्रीय समिति, राजमो चितवन र रक्तिम चितवनको संयुक्त आयोजनामा कात्तिक १३ गतेदेखि भैलो सुरु भएको छ ।

    राजमो केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गानाका अनुसार अहिलेसम्म टोलीले टाँडी र रत्ननगरमा भैलो खेलिसकेको छ भने अब भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा भैलो खेल्ने तयारी छ । सबैभन्दा बढी भरतपुर नगरपालिकामा सरदर चार दिनजति देउसीभैलो खेल्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

    रक्तिमका केन्द्रीय अध्यक्ष गिरीप्रसाद बुढा, उपाध्यक्ष मोहराज चालिसे, केन्द्रीय समितिकी देवी शर्मा, राजमो केन्द्रीय सदस्य डम्मर पुरी, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीलगायत करिब दुई दर्जन नेताकार्यकर्ता र कलाकर्मीको नेतृत्वमा यहाँ प्रगतिशील देउसीभैलो सञ्चालन भइरहेको छ ।

    बागलुङ

    बागलुङको तीन स्थानमा प्रगतिशील देउसीभैलो कार्यक्रम सञ्चालन भइरहेको छ ।

    बुर्तिबाङ क्षेत्रमा सञ्चालित भैलो कार्यक्रमको नेतृत्व राजमो केन्द्रीय सदस्य गौरिश्वर पाण्डेले गर्नुभएको छ ।

    नेता पाण्डेले युगदर्शनलाई दिनुभएको जानकारीअनुसार कात्तिक १४ गतेदेखि त्यहाँ भैलो कार्यक्रम सञ्चालन भइरहेको छ । सो कार्यक्रम कात्तिक १७ गतेसम्म सञ्चालन हुने छ ।

    यता, जैमिनी नगरपालिकामा पनि प्रगतिशील देउसीभैलो कार्यक्रम सञ्चालन भइरहेको छ ।

    राजमो नेता तथा जैमिनी नगरपालिकाका नगरप्रमुख नरबहादुर पुनले दिनुभएको जानकारी अनुसार भैलो टोलीले कुश्मिशेरा, दमेकमा कार्यक्रम सम्पन्न गरिसकेको छ भने कात्तिक १७ गतेसम्म अर्जेवा र पर्वत जिल्लाको फलेबाससम्म भैलो कार्यक्रम सञ्चालन हुने छ ।

    त्यस्तै, निसीखोला गाउँपालिकामा पनि दुईओटा टोलीले कात्तिक १४ गतेदेखि प्रगतिशील देउसीभैलो कार्यक्रम सञ्चालन गरिरहेको छ ।

    राजमो गण्डकी प्रदेश समितिका नेता खिमविक्रम शाहीका अनुसार राजमो निसीखोला र रक्तिम निसीखोलाका दुईओटा टोली सञ्चालन भइरहेको छ ।

    पूर्वीरुकुम

    राजमो पूर्वी रुकुमले बागलुङको निसीखोलास्थित राजमो नगर समितिसँगको सहकार्यमा प्रगतिशील भैलो कार्यक्रम सञ्चालन गरिरहेको छ ।

    राजमो नेता शाहीका अनुसार उक्त टोलीले भुजी क्षेत्रमा भैलो खेलिरहेको छ । साृ टोलीमा राजमो रुकुम पूर्वका नेता शत्रुधन श्रेष्ठसहितको टोली परिचालित छ ।

    प्युठान

    प्युठानका सातओटा पालिका प्रगतिशील देउसीभैलो कार्यक्रम कात्तिक १६ देखि सुरु हुने छ ।

    राजमो नेता सुरेश थापाका अनुसार प्युठानका झिमरुक गाउँपालिका, मल्लरानी गाउँपालिका, स्वर्गद्वारी नगरपालिका, प्युठान नगरपालिका, ऐरावती गाउँपालिका, माण्डवी नगरपालिका र गौमुखी नगरपालिकामा भैलो कार्यक्रम सम्पन्न हुने छ ।

    ‘कतिपय पालिकामा वडास्तरीय भैलो टोली हुने छन्’ राजमो नेता थापाले भन्नुभयो– ‘जस्तै मल्लरानीमा पाँचओटा सम्म, मल्लरानीमा पाँचओटासम्म र स्वर्गद्वारी नगरपालिका आठओटा टोली हुन सक्ने छन् ।’

    दाङ

    दाङमा राजमो नगरस्तरीय समितिले देउसीभैलो कार्यक्रम सम्पन्न गर्ने राजमो नेता प्रेमनारायण आचार्यले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो– ‘घोराही नगरपालिका, तुलसीपुर उपमहानगरलिका, गढवा नगरपालिका र राप्ती गाउँपालिकामा सांस्कृतिक कार्यक्रमसहितका भैलो सम्पन्न हुने छन्’ आचार्यले भन्नुभयो– ॅगढवा गाउँपालिकामा भने प्रतिनिधिमूलक भैलो कार्यक्रम सम्पन्न हुने छ । त्यहाँ हामीले सङ्घीयता विरोधी काठमाडौँकेन्द्रित कार्यक्रमको प्रचारप्रसार गर्ने छौँ ।’

    उहाँका अनुसार कात्तिक १६ देखि २० गतेसम्म भैलो कार्यक्रम सञ्चालन हुने छ । भैलो टोलीमा दर्जनदेखि चार दर्शनसम्म राजमो तथा रक्तिमका नेताकार्यकर्ता र कलाकर्मीको सहभागिता रहने छ ।

    रुपन्देही

    रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कात्तिक १५ गतेदेखि प्रगतिशील देउसीभैलो सञ्चालन भइरहेको छ ।

    वामपन्थी नेता चेतनाथ आचार्यका अनुसार तिहारको शुभकामना आदानप्रदान कार्यक्रम कात्तिक १४ गते नै सम्पन्न भइसकेको छ भने राजमोको सङ्घीयता विरोधी काठमाडौँकेन्द्रित आन्दोलनको प्रचारप्रसारका लागि यसै बेला घरदैलो कार्यक्रम पनि सञ्चालन गरिने छ ।

    अर्घाखाँची

    अर्घाखाँचीमा कात्तिक १६ गतेदेखि भूमिकास्थान नगरपालिका र मालारानी गाउँपालिकामा प्रगतिशील देउसीभैलो कार्यक्रम सञ्चालन भइरहेको छ ।

    प्रगतिशील पत्रकार सङ्घका सचिव गोपाल भट्टराईका अनुसार भूमिकास्थान र मालारानी गाउँपालिकामा कात्तिक २० गतेसम्म भैलो कार्यक्रम सञ्चालन हुने छ ।

    उहाँका अनुसार कात्तिक २६ गते एकादशीका दिन जिल्ला सदरमुकाम सन्धिखर्कमा देउसीभैलो कार्यक्रम सञ्चालन हुने छ । सो कार्यक्रमका आयोजना राजमो अर्घाखाँचीले गरेको छ ।

    कपिलवस्तु

    कपिलवस्तुको सांस्कृतिक टोलीसहितको देउसीभैलो कार्यक्रम वाणगङ्गा नगरपालिकामा सञ्चालन भइरहेको छ ।

    राजमो कपिलवस्तुका सचिव केरसिंह अदैका अनुसार वाणगङ्गामा कात्तिक १५ गतेदेखि सुरु भएको भैलो कार्यक्रम भाइटीकासम्मै चल्ने छ ।

    यता, राजमो शिवराज नगर समितिको आयोजनामा भैलोको सन्दर्भ पारेर कात्तिक १५ गतेदेखि एक सय एक घरदैलोमा पुग्ने गरी घरदैलौ कार्यक्रम सुरु भएको छ । सो क्रममा सङ्घीयता विरोधी काठमाडौँकेन्द्रित आन्दोलनको व्यापक प्रचारप्रसार गरिने सचिव अदैले युगदर्शनलाई जानकारी दिनुभयो ।

    नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

    नवलपरासीमा सुनवल र बर्दघाट क्षेत्रमा प्रगतिशील देउसीभैलो खेल्ने कार्यक्रम रहेको छ ।

    नेकपा (मसाल) का जिल्ला प्रवक्ता रेम रानाका अनुसार कात्तिक १६ गतेदेखि सो क्षेत्रमा भैलो कार्यक्रम सञ्चालन हुने छ ।

    ‘खासगरी सुनवल बर्दघाट क्षेत्रमा र सम्भव भएसम्म सुस्तासम्म हामी पुग्ने छौँ’ प्रवक्ता रानाले भन्नुभयो– ‘राजमो र रक्तिमको आयोजनामा खेलिने भैलोमा करिब दुई दर्जन नेताकार्यकर्ता र कलाकर्मीको सहभागिता रहने छ ।’

    नवलपुर

    नवलपुर अर्थात् नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा औपचारिक देउसीभैलो कार्यक्रम सम्पन्न हुने छैन तर घरदैलो तथा शुभकामना आदानप्रदान कार्यक्रम चल्ने छ ।

    राजमो केन्द्रीय सदस्य दीपक पाण्डेका अनुसार कात्तिक १५ गतेदेखि सुरु हुने सो कार्यक्रम तिहारपछि सम्म पनि चल्ने छ ।

    उहाँका अनुसार वडासम्मका जनप्रतिनिधि तथा आम जनतासम्म राजमोले भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने छ ।

    रोल्पा

    रोल्पामा सङ्घीयता विरोधी काठमाडौँकेन्द्रित आन्दोलनको प्रचारप्रसारको रूपमा भैलो कार्यक्रम सञ्चालन भइरहेको छ ।

    राजमो रोल्पाका अध्यक्ष मेघनाथ विष्टले दिनुभएको जानकारीअनुसार राजमोले लुङ्ग्री गाउँपालिका, सुनिलस्मृति गाउँपालिका, रुन्टीगढी गाउँपालिका, रोल्पा नगरपालिका, थबाङ गाउँपालिकामा भेटघाट तथा घरदैलो कार्यक्रम चलिरहेको छ ।

    उक्त कार्यक्रममा राजमो रोल्पाका सल्लाहकार हस्तमणि पुनका साथै जिल्ला र पालिका समितिका नेताकार्यकर्ताको सहभागिता रहेको छ ।

    बिहिबार, कार्तिक १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
    दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.