बेनी । १९४४ सालमा स्थानीय प्रविधि र स्रोतसाधन प्रयोग गरेर म्याग्दीको मङ्गलाघाटमा बनाइएको झोलुङ्गे पुल मर्मतसम्भार भएको छ । मर्मतसम्भार गरेपछि पुल नयाँ जस्तै देखिएको छ ।
Advertisement
प्रादेशिक झोलुङ्गे पुल कार्यक्रमको सहयोग, मिलन म्याग्दीको सामाजिक परिचालनमा बेनी नगरपालिकाले पुल मर्मत गरेको हो ।
एक सय ३७ वर्षअघि बागलुङको गलकोटका लालप्रसाद शेरचनले लुकुरवनको काँचो फलाम र म्याग्दीको रुमगाउँका स्थानीयको सिप प्रयोग गरी उक्त पुल बनाइएको स्थानीय बुढापाकाको कथन छ । (रासस)