• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

इजरायली नरसंहार विरुद्ध प्रगतिशील रूपान्तरण आन्दोलनको अन्तरक्रिया


  •   मङ्गलबार, कार्तिक १३, २०८१ मा प्रकाशित
  • गोविन्दकुमार शर्मा, काठमाडौँ ।

    Advertisement

    इजरायलीारा प्यालेस्टाइनमाथि गरिएको नरसंहारका विरुद्ध प्रगतिशील रूपान्तरण आन्दोलनले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

    नेपाल प्रज्ञा–प्रतिष्ठानको सिद्धिचरण सभाकक्षमा २०८१ कात्तिक १३ गते मङ्गलबार सो कार्यक्रम सम्पन्न भएको हो ।

    आक्रमण होइन, नरसंहार : शर्मा
    आन्दोलनका संयोजक श्याम श्रेष्ठको सहजीकरणमा अगाडि बढेको सो कार्यक्रममा नेकपा (मसाल) का प्रतिनिधि आनन्द शर्माले सम्बोधन गर्नुभएको थियो ।

    सम्बोधनको क्रममा उहाँले प्यालेस्टाइनमाथि इजयरायली आक्रमणलाई  ‘नरसंहार’ को सङ्ज्ञा दिनुभयो ।

    ‘इजरायलले प्यालेस्टाइनमाथि गरेको युद्धलाई आक्रमण मात्रै भन्न सकिन्न बरु नरसंहार भनिनुपर्दछ’ उहाँले भन्नुभयो ।

    नेता शर्माले इजरायलले प्यालेस्टाइनमाथि नरसंहार मच्याउने क्रममा युद्ध र अन्तर्राष्ट्रिय स्तरका सन्धिसम्झौता, आचारसंहिता वा घोषणालाई नमानेको धारणा राख्नुभयो ।

    ‘गत लामो समयदेखि इजरायलले प्यालेस्टाइनमा अमानवीय नरसंहार त मच्याएकै छ’ उहाँले भन्नुभयो–’उसले कुनै पनि अन्तर्राष्ट्रिय सन्धिसम्झौता, घोषणा र आचारसंहितालाई मानेको छैन । लेबनानमा संयुक्त राष्ट्र सङ्घको निकायमाथि नै उसले आक्रमण गरेको छ । यसबाट इजरायलको युद्धपिपासु र अराजक चरित्रबारे स्पष्ट हुन सकिन्छ ।’

    उहाँले इजरायलको यस्तो आक्रमणलाई प्यालेस्टाइनको वंश नै सखाप पार्ने उद्देश्यका साथ अगाडि बढाइरहेको आरोप पनि लगाउनुभयो ।

    ‘हिटलरको नाजिवादले जस्तै इजरायलले प्यालेस्टाइनबाट अहिलेको सम्पूर्ण पिँढी नै समाप्त गर्न चाहान्छ’ उहाँले इजरायली साम्राज्यवाद अहिले अत्यन्त गम्भीर रूपमा आएको बताउनुभयो ।

    इजरायललाई अमेरिकाद्वारा दिइएको आडभरोसातर्फ इङ्गित गर्दै उहाँले अमेरिकी साम्राज्यवाद विश्व मानव समुदायको एक नम्बर दुस्मन भएको धारणा पनि उहाँको थियो ।

    ‘हामीले इजरायलको मात्रै विरोध गर्‍यौँ भने गलत निष्कर्षमा पुग्ने छौँ’ उहाँले भन्नुभयो– ‘इजरायलको पछाडि अमेरिकी साम्राज्यवाद छ । अमेरिकी साम्राज्यवाद नै वर्तमान विश्व मानव समुदायको लागि मुख्य खतरा हो । त्यसका विरुद्ध हामीले सशक्त प्रकारले आवाज उठाउनुपर्दछ ।’

    असीमित मानवअधिकार उल्लङ्घन : भट्ट

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले धारणा राख्दै इजरायलमा मानवअधिकारको असीमित उल्लङ्घन भइरहेको धारणा राख्नुभयो ।

    ‘समुद्रसँग जोडिएको सानो गाँजापट्टीमा  २३ लाख मानिसहरू बस्छन्’ उहाँले इजरायली आक्रमणको फेहरिस्त प्रस्तुत गर्दै भन्नुभयो– ‘गत वर्ष अक्टोबर ७, २०२३ देखि त्यहाँ ७० हजार टन बम वर्षा गरिएको छ । १९ लाख मानिस विस्थापित छन् । १६ हजार बालबालिका मारिएका छन् । ९७ हजार मानिस घाइते भएका छन् ।’

    प्यालेस्टाइनका अस्पतालमा आक्रमण गरिएको, राहत, उद्धारको अवसर नदिइएको र शान्ति मिसनमाथि समेत आक्रमण गरिएको भन्दै महासचिव भट्टले प्रश्न गर्नुभयो– ‘यो भन्दा गम्भीर मानवअधिकारको उल्लङ्घन अरू केही हुन सक्छ ?’

    विश्व बैंकले गाजालाई पहिलोको अवस्थामा फर्काउन ८० वर्ष लाग्ने बताएको सन्दर्भ जोड्दै उहाँले प्यालेस्टाइनमा अकल्पनीय मानवअधिकार उल्लङ्घन भइरहेको ठोकुवा गर्नुभयो ।

    अमेरिका, जर्मनी र इटालीले ६८ प्रतिशत इजरायललाई हतियार आपुर्ति गरेको भन्दै उहाँले यो युद्ध वा नरसंहारका लागि अमेरिकी साम्राज्य नै मुख्य जिम्मेवार रहेको तर्क अगाडि सार्नुभयो ।

    इजरायल हुँदै दक्षिण एसिया पस्ने दाउमा अमेरिका : गुरुङ

    कार्यक्रममा मन्तव्य राख्दै नेकपा (माओवादी केन्द्र) का सचिव देव गुरुङले इजरायलमाथि टेकेर अमेरिका दक्षिण एसिया पस्ने दाउमा रहेको बताउनुभयो ।

    ‘अमेरिकाको टार्गेट इजरायलसम्म मात्रै होइन’ उहाँले भन्नुभयो– ‘अमेरिकाले चीनका विरुद्ध दक्षिण एसियामा प्रवेश गर्न चाहान्छ ।’

    उहाँले अमेरिकाले मुख्यतः चीन विरुद्ध एसियामा प्रवेश गर्न चाहेको र त्यसका लागि इन्डोप्यासिफिक रणनीति अगाडि सारेको दाबी गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘अमेरिका इजरायलसम्म मात्र आउने छ भने सोच्यौँ भने भुल हुने छ । उसको टार्गेट चीन हो । त्यसैले उसको दक्षिण एसिया प्रवेश गर्ने रणनीतिका विरुद्ध हामी सचेत हुनुपर्दछ ।’

    उहाँले अमेरिकी साम्राज्यवादका विरुद्ध नेपाली सार्वसत्ता बचाउन सडक सङ्घर्षमा ओर्लिनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा मन्तव्य राख्दै अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीले झन्पछि झन् साम्राज्यवादीहरू युद्धको नियम उल्लङ्घन गर्दै गएको स्पष्ट पार्दै उनीहरूको मानवता विरोधी क्रियाकलापको डटेर विरोध गर्नुपर्ने बताउनुभयो ।

    अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले हजारौँ बालबालिका, वृद्धवृद्धा र आमाहरूलाई सखाप पारेर इजरायलले प्यालेस्टाइनलाई मानवविहीन बनाउन खोजेको बताउनुभयो ।

    कार्यक्रममा वैज्ञानिक समाजवादी पार्टीका राजेश नेपाली, नेकपा (एकीकृत समाजवादी) का प्रेमल खनाल, जनता समाजवादी पार्टीका अर्जुन थापा, श्रमिक कम्युनिस्ट पार्टीका पूर्णबहादुर सी, जनता समाजवादी पार्टीका (जसपा) का रणध्वज कन्दङ्वा, पिपुल्स हेल्थ मुभमेन्टका संयोजक शरद वन्त, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का कृष्ण शर्मालगायतले मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा उत्तरार्धमा हाउसबाट पर्शुराम तामाङ, सुबोधराज प्याकुरेल, दिवस केसी र राजकुमार पासवानले पूरक टिप्पणी राख्नुभएको थियो ।

     

    मङ्गलबार, कार्तिक १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.