• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

पर्वत र गुल्मी जिल्ला जोड्ने कालीगण्डकीमा पक्की पुल निर्माण


  •   सोमबार, कार्तिक १२, २०८१ मा प्रकाशित
  • पुर्तिघाट (गुल्मी)। पर्वत र गुल्मी जिल्ला जोड्न कालीगण्डकीमाथि पक्की पुल निर्माण गरिएको छ । पर्वतको विहादी गाउँपालिका–३ रानीपानीको इमिचौरदेखि गुल्मीको कालीगण्डकी गाउँपालिका–४ पूर्तिघाट जोड्ने गरी कालीगण्डकी नदीमा पुल निर्माण गरिएको हो ।

    Advertisement

    तीन वर्षमा सम्पन्न गर्नेगरी २०७३ भदौमा रु १४ करोड ६७ लाखमा पुल बनाउन सम्झौता भएको थियो । सम्झौता अनुसार निर्माण व्यवसायीले २०७६ चैतसम्म कार्यसम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने थियो । विविध कारणले आठ वर्षपछि मात्र पुल निर्माण सम्पन्न भएको हो । पुल निर्माणको जिम्मा पाएको एलिट कन्स्ट्रक्सन प्रालि काठमाडौँका साइड इन्चार्ज अच्युत लम्सालले कोरोना सङ्क्रमण, निर्माण सामग्री अभाव तथा सरकारबाट रकम भुक्तानीमा भएको ढिलाइ लगायतका कारणले पुल निर्माण समयमै सम्पन्न हुन नसकेको बताउनुभयो ।

    पुल निर्माणका लागि तत्कालीन तम्घास सिमलटारी प्यूठान सडक आयोजना गुल्मी र एलिट कन्ट्रक्सन प्रालि काठमाडौँबीच सम्झौता भए पनि बीचमा उक्त कार्यालय नै खारेज भएका कारण पुल निर्माण कार्य लम्बिएको थियो । विसं २०७९ मा सडक डिभिजन कार्यालय पाल्पामार्फत् कार्यान्वय हुने गरी दायित्व हस्तान्तरण भएपछि पुल निर्माणले गति लिएको थियो । सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी दुर्गा गौतमले लामो समयपछि पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको बताउनुभयो । पुल निर्माण भएपछि पर्वत र गुल्मीका नागरिकको यात्रा सहज बनेको छ । पुल निर्मासँगै उत्तरदक्षिण जोड्ने कालीगण्डकी करिडोर र पर्वत खण्डतर्फको कालीगण्डकी लोकमार्ग समेत जोडिएका छन् ।

    पुल सम्पन्न भए पनि निर्माण व्यवसायीले काम गरेको रकम लिन बाँकी रहेको छ । निर्माण व्यवसायीका साइड इन्चार्ज अच्युत लम्सालले कार्यालयवाट रु चार करोड भुक्तानी लिन नसक्दा समस्या परेको बताउनुभयो । सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी दुर्गा गौतमका अनुसार रकम अभावका कारण भुक्तानी दिन नसकिएको बताउनुभयो । बजेटका लागि विभागमा माग गरिएको र बजेट आउनासाथ भुक्तान गरिने उहाँको भनाइ छ ।

    सोमबार, कार्तिक १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.