खिमराज चालिसे, चन्डिगढ (भारत) ।
बडादशैँतिहारका लागि घर जान लागेका प्रबिन थापा हराएपछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा निवेदन दिइएको छ ।
Advertisement
सुर्खेत लेकबेसी गाउँपालिका कल्यालका प्रबिन अक्टोबर घर जान शिमलादेखि चन्डिगढमा आउँदा बाटैमा हराएका हुन् ।
निजको खोजी गर्नका लागि बाबु वीरेन्द्रकुमार थापाले मूल प्रवाहको लुधियाना फोकलप्वाइन्ट नगर समितिमा निवेदन दिएका थिए ।
निज युवकलाई कसैले फेला पार्नुभएमा बाबु वीरेन्द्रकुमार थापा, फोन ९८०८९३५३९९ वा नजिकको मूल प्रवाहमा सम्पर्क गर्न आग्रह गरिएको छ ।