नयाँदिल्ली । भारतको बिहारमा अवैध मदिरा सेवन गरेपछि गत तीन दिनमा २० जनाको मृत्यु भएको छ । धेरैलाई अस्पतालमा भर्ना गरिएको छ ।
Advertisement
राज्यको सिवान जिल्लामा १५ जनाको मृत्यु भएको छ भने सारण जिल्लामा पाँच जनाको मृत्यु भएको छ ।
अवैध मदिरा सेवनका कारण मृत्यु हुनेको सङ्ख्या पुष्टि गर्दै बिहारका प्रहरी महानिर्देशक आलोक राजले अवैध मदिरा आपूर्ति गरेको आरोपमा हालसम्म १२ जनालाई पक्राउ गरिएको बताए ।
केही अनलाइन मिडिया रिपोटले मृतकको सङ्ख्या ३६ पुगेको दाबी गरेका छन् ।
बिहारमा अप्रिल २०१६ देखि मदिराको विक्री र उपभोगमा प्रतिबन्ध लगाइएको छ तर अवैध रूपमा राज्यभर मदिरा विक्री हुने क्रम जारी छ । (एजेन्सी)