बेरुत । उत्तरपश्चिम सिरियामा फर्निचरसहितका स्थलमा भएको रुसी आक्रमणमा दश जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको युद्ध अनुगमन सङ्गठनले जनाएको छ ।
इदलिबको ग्रामीण इलाकामा भएको रुसी हवाई आक्रमणमा इदलिबमा एक जना बच्चासहित दश जनाको मृत्यु भएको र १४ जना बालबालिकासहित ३० जना घाइते भएको सिरियन अब्जर्वेटरी फर ह्युमन राइट्सले जनाएको छ ।
रुसले इदलिब सहरको बाहिरी भागमा एउटा आरा मिल, फर्निचर र ओलिभ प्रेसरमा प्रहार गरेको उक्त संस्थाले जनाएको छ । सिरियाको नागरिक सुरक्षा बलले आफ्ना टोलीले रुसी हमलामा मारिएका व्यक्तिको शवलाई भग्नावशेषबाट निकालिरहेको जनाएको छ ।
नागरिक सुरक्षा बलका अनुसार बुधबारको आक्रमणले कामदारभित्र रहेको बेला फर्निचरलाई लक्षित गर्दा दश जना सर्वसाधारणको मृत्यु भएको थियो भने अन्य ३२ जना गम्भीर घाइते भएका थिए ।
सिरियाका राष्ट्रपति बशर अलअसदसँगको सहकार्य गरिरहेको रुसी सेनाले इदलिबमा भएको आक्रमणमा बमबारीबारे कुनै टिप्पणी गरेको छैन ।
इदलिब प्रान्तको आधा र अन्य क्षेत्रमा अलकायदा समूहको नियन्त्रण रहेको छ । सन् २०२० मार्चमा सिरियाली सरकारको आक्रमणपछि रुस र टर्कीको मध्यस्थतामा यो क्षेत्रमा युद्धविरामको घोषणा गरिएको थियो । (रासस/एएफपी)