• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जनताको पहिलो सरकार बर्दिबाला प्रहरीः मुख्यमन्त्री कार्की


  •   बुधबार, असोज ३०, २०८१ मा प्रकाशित
  • विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की जनताका पहिलो सरकार बर्दी लगाएको प्रहरी भएकाले जनतालाई निराश बनाउने काम प्रहरीले गर्न नहुने बताउनुभएको छ ।

    Advertisement

    कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ‘६९औँ प्रहरी दिवसका–२०८१’ का अवसरमा आयोजित विशेष कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले अपराधीलाई कानुनको दायराभित्र ल्याउनसक्ने नेपाल प्रहरी अन्तर्राष्ट्रियस्तरमा पनि ख्याति कमाएको प्रसङ्ग उल्लेख गर्नुभयो । उहाँले आफूलाई सबल र सक्षम साबित गर्न प्रहरी सङ्गठन समयानुकूल बत्रुपर्ने धारणा राख्नुभयो ।

    उहाँले प्रहरी समायोजन भएमा कोशी प्रदेश प्रहरी सङ्गठनलाई दुई वर्षभित्र साधन र स्रोतले सम्पत्र बनाउने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले भत्रुभयो, “सङ्घीय सरकारले प्रहरी ऐन बनाएर छिट्टै प्रदेश सरकारलाई प्रहरी समायोजन गर्नुपर्छ ।” सात दशक इतिहास बोकेको नेपाल प्रहरी अहिले पनि साधन र स्रोतले सम्पत्र हुन नसक्नु दुःखद विषय हो भन्दै सङ्घीयताको कार्यान्वयनसँगै प्रदेश सरकारले प्रहरी संरचना सवारीमा ठूलो लगानी गरेको जानकारी दिनुभयो ।

    सूचना प्रविधिको विकाससँगै प्रहरीले पनि आफूलाई सोही स्तरमा परिवर्तन गर्नुपर्ने भन्दै मुख्यमन्त्री कार्कीले भत्रुभयो, “जनताको जीउधनको सुरक्षा गरेर समाजमा सुशासन कायम गर्न प्रहरीको भूमिका महत्वपूर्ण छ ।” उहाँले प्रदेश सरकारले प्रहरीको माध्यमबाट शान्तिसुरक्षा, सुशासन र शासकीय पद्धति सुधार गर्न प्रयत्नशील छ भन्दै प्रहरीको विशिष्ट भूमिकाले नै जनता वर्तमान व्यवस्थाप्रति नतमस्तक छ भत्रुभयो ।

    आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले नेपाल प्रहरीले शान्तिसुरक्षाका अतिरिक्त आपत्विपद्का घटनामा खेलेको भूमिकाको सराहना गर्नुभयो । उहाँले नेपाल प्रहरीको कार्यक्षमता, दक्षता र व्यावसायिकता सशक्त हुनुपर्ने भन्दै प्रदेश सरकारले प्रहरीका ५८ भवन, १४ प्रहरी भ्यान र सयौँ मोटर साइकल वितरण गरेको जानकारी दिनुभयो ।

    विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले नेपाल प्रहरीले दबाब र प्रभावमा काम गर्न नुहने बताउनुभयो । कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले नेपाली जनताको मनमस्तिष्कमा बस्न सफल नेपाल प्रहरीको छवि उच्च रहेको स्पष्ट पार्नुभयो ।

    वरिष्ठ प्रहरी उपरीक्षक जय सापकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा वरिष्ठ प्रहरी उपरीक्षक एवं समादेशक भीमबहादुर दाहालले पनि बोल्नुभएको थियो । कार्यक्रममा महिला बालबालिकाका क्षेत्रमा उत्कृष्ट कार्य गर्ने रु २५ राशिको पुरस्कार सुशीला श्रेष्ठ र ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने रु २५ राशिको पुरस्कार पाँचथरका वरिष्ठ प्रहरी सहायक निरीक्षक कुलबहादुर थापालाई प्रदान गरियो ।

    सोही अवसरमा कोशी प्रदेशमा सबैभन्दा सर्वोत्कृष्ट कार्य गर्ने वरिष्ठ प्रहरी नायब निरीक्षक गोपालबहादुर थापालाई रु एक लाखको पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो ।

    बुधबार, असोज ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.