विष्णु शर्मा ##
फलेको हागो नुगेको राम्रो
दुःख गर्नेलाई खान पुगेको राम्रो
बौद्धिकता व्यवहारमा झल्केको राम्रो
प्रगति मौलाएर हल्केको राम्रो
घमण्ड कत्ति नगरेको राम्रो
सत्य कदापि नमरेको राम्रो
धानको बाली झुलेको राम्रो
बगैचामा सबै फूल फुलेको राम्रो
रोएकाका आँसु पुछेको राम्रो
दुखीका पीडा बुझेको राम्रो
भाइमा एकता भएको राम्रो
रिसराग डाडा काटी गएको राम्रो
मनका कुरा सामुन्ने भनेको राम्रो
एकआपसमा सहयोगी बनेको राम्रो
प्रयोगमुखी शिक्षा आएको राम्रो
प्रशंसा स्वतःस्फूर्त पाएको राम्रो
उत्कृष्टलाई सम्मान गरेको राम्रो
नराम्रो परै सरेको राम्रो
नराम्रोलाई मनले चिनेको राम्रो
सही बाटो पहिल्याई हिँडेको राम्रो
राम्रो कामको अनुशरण गरेको राम्रो
विषादीयुक्त बोटबिरुवा मरेको राम्रो
चाडबाडमा सबै रमाएको राम्रो
दुखमा आफ्नोले हात समाएको राम्रो
ठुलोलाइ इज्जत गरेको राम्रो
सानोसँग मायालु बनेको राम्रो
अतिक्रमणकारीलाई थर्काएको राम्रो
मिचिएका सीमाहरू फर्काएको राम्रो
मातृभूमिमा रोजगार पाएको राम्रो
युवा फर्की स्वदेश आएको राम्रो
सन्तान साथमा भएको राम्रो
दुःखकष्ट डाडापारि गएको राम्रो