समीर सिंह ##
Advertisement
उसको प्रहार
मेरो पनि प्रहार
जित कहिले उसको
कहिले मेरो
म उसलाई हराउन खोज्छु
ऊबाट टाढा भाग्न खोज्छु
तर लुकी लुकी उसले
आक्रमण गरी रहन्छ
मेरो बाटो पछ्याइरहेको हुन्छ
म हाँस्न खोज्छु
उसले रुवाउन खोज्छ
म दौडन खोज्छु
ऊ बाटो रोक्न खोज्छ
सकारात्मक उर्जा
जीवनको उचाइप्रति विश्वास
निराशलाई त्याग्दै
अनि आशाको खोजी गर्दै
म दौडिरहन्छु
त्यसैले उ, हारिरहेको छ
अनि म जितिरहेको छु
उसले पछार्न खोजिरहेको छ
तर म उसलाई
पछारिरहेको छु
म आकाशमा उडिरहेको छु
सुनौलो संसारको खोजीमा
नयाँ भविष्यको खोजीमा
फुलैफूलको बगैँचाको खोजीमा
काँडाहरुलाई पन्छाउँदै
निराशाको संसारबाट ओझेल हुँदै
एउटा अनन्त यात्रामा
२०८१ असोज १९ गते शनिबार
सोमबजार, रोहिणी, नयाँदिल्ली (भारत)