कृष्ण केसी, भरतपुर ।
राष्ट्रिय जनमोर्चा चितवनले गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षताको रक्षा तथा सङ्घीयता, भ्रष्टाचार र अनियमितता विरुद्ध विरोधसभा सम्पन्न गरेको छ ।
२०८१ असोज १९ गते शनिबार नारायणगढको व्यस्त बजार लैनचोकदेखि पोखरा बसपार्कसम्म नाराजुलुस गर्दै सो कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा नेकपा (मसाल) का प्रतिनिधि भागिरथ भट्टराइ र राजमो चितवनका पूर्व अध्यक्ष डम्मर पुरीले मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा राजमो केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गाना, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का महासचिव शालिकराम आचार्य र अखिल नेपाल महिला सङ्घ चितवनकी अध्यक्ष बालकुमारी आचार्यको पनि आतिथ्य रहेको थियो ।
राजमो चितवनका सचिव पदम वाग्लेको सञ्चालन तथा जिल्ला अध्यक्ष अमरबहादुर क्षेत्रीको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रममा उपस्थित जनसमुदायलाई राजमो चितवनका सहसचिव यादवविलास पन्तले स्वागत गर्नुभएको थियो ।