• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

खौला भञ्ज्याङले बिर्साइदिएको कष्टदायी यात्रा


  •   बिहिबार, असोज १७, २०८१ मा प्रकाशित
  • समष्टि मगर ##

    Advertisement

    कलेज छुट्टी भएकाले सँगै कोठामा बस्ने साथीहरू अगाडि नै घर गइसकेका थिए । म भने अखिल (छैठौं) को तेइसौँ राष्ट्रिय सम्मेलनमा भाग लिनुपर्ने भएकाले काठमाडौँमा नै रोकिएकी थिएँ । यो सम्मेलन २०८१ असोज १०, ११ र १२ गते दाङमा हुँदै थियो ।

    सम्मेलन स्थल मेरा लागि घरपायक नै परेकाले सम्मेलनमा भाग लिएर त्यतैबाट घर जाने मेरो योजना बन्यो । सोहीबमोजिम सम्मेलनमा जाने तयारीका साथ मैले काठमाडौंबाट यात्रा सुरु गरेँ । यसरी राष्ट्रिय सम्मेलनमा मैले पहिलोपटक भाग लिँदै थिएँ ।

    सम्मेलनमा भाग लिनका लागि काठमाडौँदेखि नौ जनाको टोली थियो । हामी असोज ९ गते साँझ रात्रिबस चढेर असोज १० गते बिहान करिब १० बजेतिर सम्मेलन हुने स्थानमा पुगेका थियौँ ।

    यसरी असोज १०, ११ र १२ गते सम्मेलनलाई सफल पार्न हामी सबै जना लागिपरेका थियौं । सम्मेलन भव्य रूपमा सफल पनि भयो । देशका विभिन्न क्षेत्रबाट सम्मेलनमा उपस्थिति रहेको थियो । सम्मेलनमा हामीले थुप्रै नयाँ कुरा सिक्ने अवसर प्राप्त गरेका थियौँ ।

    सम्मेलन सकिएलगत्तै मैले घरतिर प्रस्थान गर्नको लागि तयारी गरेँ । मसँगै रुकुम पश्चिम जानको लागि रुकुम पूर्वबाट सम्मेलनमा प्रतिनिधित्व गर्न आएका विद्यार्थी साथीहरू पनि हुनुहुन्थ्यो । यसका साथै मेरो भाइ पनि साथमै थियो । भाइले पनि राष्ट्रिय सम्मेलनमा रुकुम पश्चिमबाट प्रतिनिधित्व गरेर आएको थियो ।

    सम्मेलनमा उपस्थित भएदेखि मैले मोबाइल चलाउने असर पाएको थिइनँ । यसरी गाडी कुर्ने समयमा मैले मोबाइल खोलेर सामाजिक सञ्जाल हेर्न थालेँ । सामाजिक सञ्जालभरि देश डुबानमा परेको खबर छ्याप्छ्याप्ती थियो तर हामी सम्मेलनको कार्यक्रममा हलभित्रै व्यस्त रहेकाले बाहिरतिरको कुरामा हाम्रो खासै ध्यान गएको थिएन ।

    बाढीपहिरोको कारणले देशभरि धनजनको क्षति भइसकेको रहेछ । यस्तो समाचार देख्दा मलाई निकै नै दुःख लागेर आयो । असोज १२ गते ७ बजेतिर हामी दाङबाट रुकुम पश्चिम जाने गाडी चढेका थियौँ । गाडी चढेर पनि बारम्बार मेरो ध्यान यही बाढीपहिरोले गरेको क्षतितर्फ केन्द्रित भइरहेको थियो ।

    देशमा कुनै पनि बिपत्ति आउँदा सास्ती पाउने भनेको गरिब जनताले नै हो । नदीछेउमा रहेका गरिबका बस्ती बगेको देख्दा मन साह्रै निराश थियो । न उनीहरूको बासको ठेगान छ, न उनीहरूको खानाको ठेगान छ । यसपालि त झन् मेरो देशको राजधानीमै बस्ने जनताले समेत समयमा नै उद्धार पाउन सकेनन् ।

    यस्तै यस्तै कुरा सोच्दै थिएँ, हामी चढेको गाडी अचानक रोकियो । बाहिर निस्कन पनि मनै थिएन । एक क्षणपछि हल्लाखल्ला हुन थाल्यो । के रहेछ भनेर बाहिर हेरेँ । रोडमा त बडेमानको ढुङ्गा माथिबाट पल्टेको रहेछ । यसरी हामी चढेको बस सल्यानको कपुरकोट नपुग्दै सुनसान जङ्गलमा रोकिन पुग्यो ।

    रातको त्यो सुनसान जङ्गलमा हामीले धेरै बेर त्यो ढुङ्गालाई नियालेर बस्यौँ । गाडीका स्टाफहरूले ढुङ्गा हटाउन अनेक गरे तर त्यो ढुङ्गा हटाउन सकेनन् । सहयोगका लागि प्रहरीलाई फोन गर्ने कुरा भयो तर सहयोग बिहान मात्र प्राप्त हुने कुरा आयो । यति बेला मेरो मनले सोचिरहेको थियो– वास्तवमा यो देशको शासनसत्ता कति निरीह ढङ्गले चलिरहेको छ ? बाटोमा खसेको एउटा ढुङ्गासमेत समयमा हटाउन वर्तमान सत्ता असक्षम छ । अप्ठ्यारोमा परेका नागरिकलाई यथाशीघ्र उद्धार गर्न सक्दैन । सायद अरू देशमा भइदिएको भए त्यो सडकमा खसेको ढुङ्गा क्षणभरमै हट्थ्यो होला र हामीले रातभरि कष्ट भोग्नु पर्दैनथ्यो होला तर यति बेला हामीले के नै गर्न सक्थ्यौँ र ? चुपचाप बिहानी कुर्नुबाहेक हामीसँग अरू कुनै उपाय थिएन । बिहानीपख बल्ल डोजर आएर ढुङ्गा हटायो ।

    सानोतिनो समस्या त बाटोभरि आई नै रह्यो । यसरी हामी समयभन्दा करिब १२ घण्टा ढिलो हुन पुग्यौँ । यसैबिच घरपरिवारलाई पनि निकै तनाव हुन पुग्यो । यात्रुलाई पीडा त छँदै थियो; प्राकृतिक विपत्तिलाई त हामीले रोक्न सक्दैनौँ, यसबाट हुने क्षतिबाट हामी अवश्य पनि जोगिन सक्छौँ तर हाम्रो देशमा यो किन सम्भव छैन ?

    यात्राकै क्रममा हाम्रो देशमा चलिरहेको सङ्घीय शासन प्रणालीको सम्बन्धमा कुरा मनमा खेल्न थाल्यो । कहिलेकाहीँ मलाई हामी नेपाली जनता धेरै नै सोझो छौँ जस्तो लाग्छ । कसैले मिठो बोल्यो भने सही बोल्यो भन्ने सोच्छौँ । हाम्रो जस्तो सानो देश, त्यसैमाथि आर्थिक हिसाबले गरिब देशले कसरी यो सङ्घीयताको भार थेगोस् र ?

    सङ्घीयता आएपछि देश समृद्धितिर जान्छ; देशमा विकास हुन्छ; देशका जनताले दुःख पाउने छैनन् भने झैँ लाग्थ्यो तर यतिका वर्ष भयो, अवस्था भने झन्भन्दा झन खस्किरहेको छ । सङ्घीयताभन्दा पहिले र सङ्घीयता आएपछिको अवस्था हेर्दा मैले देशमा केही उल्लेखनीय परिवर्तन देखिनँ । देशमा भ्रष्टाचार बढेको छ । देशका युवाजति विदेश छन् । देश रित्तिँदै छ । गरिब जनता झनै गरिब हुँदै गइरहेका छन् । देश लुटिखानेहरू अग्लो मञ्चमा बसेका छन् । न तिनीहरूलाई बाढीले भेट्छ, न पहिरोले नै लग्छ । बाटैभरि यस्तै खालका अनेकौँ सोचाइ र कल्पना मनमा आइरह्यो ।

    यसै क्रममा हामी चढेको बस खौला नाम गरेको भञ्ज्याङमा आइपुग्यो । खौला सल्यान र रुकुम पश्चिमको सिमाना हो । खौला भञ्ज्याङमा पुग्नेबित्तिकै यहाँबाट उत्तरतिरको मनोरम हिमाल देखियो । ठुली दह र जन्तीबस्या लेकको उच्च पहाडी शृङ्खला पनि देखियो । यसैको काखमा झकिझकाउ खलङ्गा बजार पनि देखियो । रुकुम पश्चिमको सदरमुकाम भएकाले यो ठाउँमा विकास अलि धेरै पुगेको छ । सुन्दर खलङ्गा बजारको दृष्यले मन प्रफुल्ल भयो । यसले यात्रामा भोगेका सबै दुःखकष्ट पनि बिर्साइदियो ।

    खौला भञ्ज्याङबाट केही घण्टामा नै म त्यही सुन्दर खलङ्गा बजारमा पुग्दै थिएँ । यति बेला मेरो मनमा बेग्लै खुसी महसुस भइरहेको थियो किनकि अबको केही घन्टाभित्रै करिब एक वर्षपश्चात म मेरो घर मुसिकोट खलङ्गामा पुग्दै थिएँ ।

    बिहिबार, असोज १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.