लोकेन्द्र पौडेल, चेन्नै (भारत) ।
भारतको चेन्नैस्थित अम्बातुरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको प्रथम एरिया भेला सम्पन्न भएको छ ।
सेप्टेम्बर २९, २०१४ का दिन चेन्नई पश्चिम नगर समितिअन्तर्गत अम्बातुर सी एरिया समितिको बिसौँ वार्षिक सम्मेलनपछिको सो कार्यक्रम सम्पन्न भएको हो ।
भेलाको उद्घाटन प्रमुख अतिथि रहनुभएका दक्षिण भारत क्षेत्रीय समितिका सचिवालय सदस्य तथा चेन्नै पश्चिम नगर समितिका अध्यक्ष बुद्धि पौडेलले गर्नुभएको थियो ।
भेलालाई केन्द्रीय सदस्य तथा क्षेत्रीय सचिवालय सदस्य काशीराम शर्मा, चेन्नई पश्चिम नगर समितिका सचिव किशोर शर्मा, दक्षिण भारत रक्तिम सांस्कृतिक विभाग सदस्य डिलबहादुर जिएम, महिला विभागका गोमाकुमारी शाही, भवानी खत्री सुनार, अनिता गिरी र सीता आचार्यलगायतले शुभकामना दिनुभएको थियो ।
प्रकाश नेपालीको अध्यक्षता, लोककुमारी थापाको सञ्चालन अघि बढेको सो कार्यक्रममा उपस्थित जनमानसलाई रक्तिम सांस्कृतिक विभागका कलाकारले शब्दबाट स्वागत गर्नुभएको थियो ।
अध्यक्षमा नेपाली
केन्द्रीय सदस्य केशमान नेपालीले एरिया समितिको प्यानल प्रस्तुत गर्नुभएको थियो ।
भेलाले प्रकाश नेपाली अध्यक्ष रहनुभएको ११ पूर्ण, दुई वैकल्पिक र दुई सल्लाहकार गरी १५ सदस्यीय एरिया समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा गोमाकुमारी शाही, सचिवमा अन्जु रोका, सहसचिवमा लोककुमारी थापा र कोषाध्यक्षमा कोपिला राना रहनुभएको छ ।
त्यस्तै, सदस्यमा कमला नेपाली, सोमबहादुर रोका, कुमारी थापा, पदम नेपाली, देवी नेपाली र निर्मला नेपाली रहनुभएको छ ।
समितिको वैकल्पिक सदस्यमा डोलबहादुर विक र कुमारी नेपाली तथा सल्लाहकारमा प्रदीप सुब्बा र टेकबहादुर केसी रहनुभएको छ ।
नवनिर्वाचित समितिलाई चेन्नई पश्चिम नगर समितिका सदस्य राजेश सुनारले बधाइ तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।