इनरुवा । कोशी ब्यारेजको ३४–३६ नम्बर ढोकाको बिचबाट सप्तकोसी खसेको नदीमा यात्रा गरिरहेका १७ जनाको उद्धार गरिएको छ ।
Advertisement
विराटनगरबाट गाईघाट जाँदै गरेको को १ ख ४६०१ नम्बरको बस ब्यारेजबाट सप्तकोशी नदीमा खसेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
बसमा सबार सबै जनालाई सकुशल उद्धार गरिएको र केही घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको उहाँले बताउनुभयो ।
सशस्त्र प्रहरीबल सुरक्षा बेस भारदह र प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरबाट प्रहरी नायव उपरीक्षकको नेतृत्वमा उद्धार गरिएको थियो । बसमा १७ यात्री सवार रहेको प्रहरीले जनाएको छ । (रासस)