खिमराज चालिसे, नयाँदिल्ली ।
नगर सम्मेलन अभियानमाझ भारतमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सङ्गठनात्मक अभियानले तीव्रता पाएको छ ।
पछिल्लो केही दिनयता सरिगाम, बेङ्गलोर, उमरगाम र रायगढमा मूल प्रवाहका अभियानले तीव्रता पाएको हो ।
सरिगाम नगर भेला
मूल प्रवाहको पश्चिम भारत क्षेत्रीय समितिअन्तर्गत पर्ने सरिगाम नगर भेला सम्पन्न भएको छ ।
केन्द्रीय सदस्य गोविन्दबहादुर थापा, रामकला काउछा, क्षेत्रीय सचिवालय सदस्य प्रविनसिंह काउछा, क्षेत्रीय प्रतिनिधि आरसी चन्द ठकुरीको उपस्थितिमा सेप्टेम्बर १७, २०२४ का दिन सो भेला सम्पन्न भएको हो ।
भेलाले दुर्गाबहादुर रोकाय अध्यक्ष रहनुभएको १७ सदस्यीय नगर समिति पुनगर्ठन गरेको छ ।
समितिमा उपाध्यक्ष पुष्पा घर्ती, सचिव दिलबहादुर सिंह ठकुरी, सहसचिव तुफान रानाक्षेत्री, कोषाध्यक्ष स्वष्तिका पुन तथा सदस्यमा मिलन थापा, कृष्ण शाही, गगन रोकाय, हेमा रोकाय, मोतीसरा खड्का, पूर्णिमा राना रहनुभएको छ ।
त्यस्तै, वैकल्पिक सदस्यमा सम्झना रोकाय, सुन्दरी राई र मीना क्षेत्री तथा सल्लाहकारमा नयनसिंह कार्की, दिलमाया र देवेन्द्र मल्ल ठकुरी चयन हुनुभएको छ ।
दुर्गा रोकायाको अध्यक्षतामा अघि बढेको उक्त भेलाको सञ्चालन दिलबहादुर सिंह ठकुरीले गर्नुभएको थियो ।
बेङ्गलोर दक्षिणमा एरिया भेला
बेङ्गलोरमा मूल प्रवाह दक्षिण नगर समितिको आयोजनामा सेप्टेम्बर २२, २०२४ का दिन विटियम एरिया समितिको भेला सम्पन्न भएको छ ।
भेलामा दक्षिण भारत क्षेत्रीय समितिका सदस्यहरू मानबहादुर विक र परमानन्द खडायतले मन्तव्य राख्नुभएको थियो ।
मनोज विकको सञ्चालन, बलराम कोलीको अध्यक्षता तथा माया कोलीको स्वागत मन्तव्यसँगै सो भेला अघि बढेको थियो ।

भेलाले बलराम कोली अध्यक्ष रहनुभएको एरिया समिति गठन गरेको छ ।
समितिमा उपाध्यक्ष विनोद कोली, सचिव मनोज विक, सहसचिव करिश्मा विक र कोषाध्यक्षमा सावित्री विक रहनुभएको छ ।
त्यस्तै, सदस्यमा मानबहादुर विक, हरिश विक, जानकी विक, माया विक, पार्वती विक, जयन्ती कुमारी, राजकुमार बम र प्रगति विक रहनुभएको छ ।
मोहन विक, देवकी विक र मोहन कोली वैकल्पिक सदस्य रहनुभएको उक्त समितिको सल्लाहकारमा प्रतिभा विक, गणेश विक र सुनिल विक रहनुभएको छ ।
उमरगाममा एरिया भेला
पश्चिम भारत क्षेत्रीय समितिअन्तर्गतकै उमरगाउँमा एरिया भेला सम्पन्न भएको छ ।
केन्द्रीय सदस्यहरू गोविन्दबहादुर थापा, रामकला काउछा र कृष्ण कुँवरको उपस्थितिमा जिआइडिसी एरियामा सो भेला सम्पन्न भएको हो ।
भेलामा क्षेत्रीय सचिवालय सदस्य प्रविनसिंह काउछा, क्षेत्रीय प्रतिनिधि आरसीचन्द ठकुरी, नगर समितिका अध्यक्ष दुर्गाबहादुर रोकाय, उपाध्यक्ष पुष्पा घर्तीको पनि उपस्थिति रहेको थियो ।

भेलाले दीपेन्द्र घर्ती अध्यक्ष रहनुभएको २१ सदस्यीय एरिया समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा सिर्जना राना, सचिवमा अमिशा राना, सहसचिवमा झकेन्द्र घर्ती र कोषाध्यक्षमा सीता बाठामगर रहनुभएको छ ।
त्यस्तै, सदस्यमा मोहन ओली, उज्ज्वल पुनमगर, दीपक क्षेत्री, विवेक बुढाक्षेत्री, ममता घर्तीमगर, पद्मा पुनमगर, सपना गुरुङ र पूर्णकला गुरुङ चयन हुनुभएको छ ।
समितिको वैकल्पिक सदस्यमा सुफू रसाइली, छवि घर्तीमगर, करण थापा, प्रविण ओली तथा सल्लाहकारमा दुर्गा ओली, ज्ञानबहादुर थापा, भीम बाठामगर र शिव गुरुङ रहनुभएको छ ।
भेलाको सञ्चालन देवेन्द्र रावलले गर्नुभएको थियो ।
रायगढको तारामा एरिया भेला
पश्चिम भारत क्षेत्रीय समितिमै रायगढमा तारा एरिया समितिको भेला सम्पन्न भएको छ ।
केन्द्रीय सदस्य गोविन्द बहादुर थापा र क्षेत्रीय समितिका सन्तु थापाको विशेष उपस्थितिमा सो भेला सम्पन्न भएको हो ।
भेलाले हरि गौतम अध्यक्ष रहनुभएको १९ सदस्यीय एरिया समिति पुनर्गठन गरेको छ ।

समितिमा उपाध्यक्ष करण महर, सचिव रवि थापा, सहसचिव सोमराज वाचे र कोषाध्यक्ष राजाराम ठडराई रहनुभएको छ ।
त्यस्तै, सदस्यमा प्रेमबहादुर बस्याल, लिलबहादुर महर, तिलक गौतम, निखिल ठडराई, जित महर, केशव थापा, श्रीमाया थापा, सुकमाया गौतम र सरिता गौतम रहनुभएको छ ।
एवम् प्रकारले वैकल्पिक सदस्यमा मानबहादुर आले, मीना आले र मेघ बाचे तथा सल्लाहकारमा सिर्जना महर, रमेश महर र कैलाश महर चयन हुनुभएको छ ।