• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

लकडाउनले समाजमा पार्ने तीन थरी प्रभाव


  •   आइतबार, बैशाख २८, २०७७ मा प्रकाशित
  • हेमलाल गौतम

    Advertisement

    सुन्दा सामान्य लाग्ने शब्द व्यवहारमा साँच्चिकै कष्टकर छ । सुन्दा त्यसको गहिराइ पहिचान हुँदैन तर प्रयोग या भोगाइमा मात्रै त्यसको गहिराइ महशुस हुन्छ । यसमा पनि तीन तर्क राख्न सकिन्छ : एक– जोसँग धनपैसा, अन्नबाली र अत्यावश्यक वस्तुको भण्डार गर्ने क्षमता छ, उसका लागि यो सुरुका केही समय सामान्य हुन्छ ।

    जो खेतीकिसान गरेर आफ्नो जीवन चलाइरहेछ, उसका लागि यो औसतमा पर्दछ । जसको बाँच्ने सहारा पाखुरी मात्रै हुन्छ, उसका लागि यो भयङ्कर चुनौतीको विषय बन्दछ । यो लेखमा यसबाट पर्ने प्रभावका विषयमा नै आजको विषयवस्तुलाई केन्द्रित गरिने छ ।

    १. जसको साथमा प्रशस्तै धनपैसा छ, उसका लागि यो लकडाउन रमाइलो, पारिवारिक, आरामदायी र मनोरञ्जनात्मक हुन्छ । ऊ रमाउँछ, खान्छ, पिउँछ, उसलाई त्यस्तो अभाव महशुस हुँदैन । किनकि ऊसँग सबै प्राप्त गर्ने माध्यम पैसा छ । कहिँ गएर तुरुन्तै ल्याउन सक्ने सवारी साधन छ । उसका लागि अरूले हेर्ने नजर फरक छ । ऊसँग शक्ति र रवाफ छ । ऊसँग अरूलाई प्रभाव पार्ने सबै कुरा छ । त्यसैले उसलाई यो लकडाउन खासै अप्ठेरो लाग्दैन वा देखिँदैन ।

    २. जोसँग आफ्नो खेतबारी छ, आफैले उब्जाएको अन्नबाली र तरकारी छ, जोसँग वस्तुभाउ, पाखोपखेरो थोरै भए पनि छ, जो सधैँ घरधन्दा र खेतीकिसानीमा व्यतित छ, त्यसका लागि लकडाउन मझौला हुन्छ । अझै प्रभावशून्यप्रायः नै हुन्छ । किनकि उसलाई पेटका लागि त्यति ठुलो समस्या पर्दैन । किनकि उसको दिनचर्या हिजो, आज र भोलि प्रायः एकैनास हुन्छ ।

    ३. जो आफ्नो पाखुरीमा बाँच्छ र ऊ नै परिवारको सहारा पनि हुन्छ । त्यसका लागि लकडाउन एक दिन पनि निकै कष्टकर हुन्छ । ऊसँग बचत गरेको केही पनि हुँदैन । उसका सबै ढोका एकै दिनमा बन्द हुन्छन् । ऊभित्र एक प्रकारको त्रास पहिलो दिनमै आइसकेको हुन्छ । त्यो हो– भोलिको छाक कसरी टार्ने ।

    यसले समाजलाई तीन भागमा सजिलै विभाजन गरेको देखाउँछ । हाम्रो देश नेपालमा कृषिको बाहुल्यता रहेको छ । सन् २०१८ को तथ्याङ्कलाई हेर्दा कुल जनसङ्ख्याको ६७ प्रतिशत जनताकृषिमा निर्भर छ । यसले पनि के देखाउँछ भने यो लकडाउनले यी किसानलाई खासै प्रभाव पार्दैन । उनीहरूको दैनिकीमा त्यति धेरै फेरबदल हुँदैन । भयो भने पनि त्यति छिटै हुँदैन, बरु यो पेसामा संलग्न जनसङ्ख्यामा अरू बढ्ने सम्भावना देखाउँछ ।

    अझै अरू नयाँ प्रविधि र आधुनिकीकरण गरेर व्यावसायिक कृषिले बढावा पाउने सम्भावना पनि बढेर जाने देखिन्छ । तसर्थ सामान्य दिनचर्याका लागि कृषिमा निर्भर जनसङ्ख्यामा लकडाउन अभिसाप होइन, वरदान सावित हुन सक्छ । यो संसारभरिका किसानका लागि पनि सकारात्मक पक्ष हो ।

    अर्कातिर, जोसँग हिजो थियो, आज छ, तर भोलि रित्तो बन्दै छ, उनीहरूको आम्दानीको श्रोतमा सङ्कुचन आउन थाल्दछ, यो लकडाउनको कारणले । यो कोरोना भाइरसको सङ्क्रमणको समस्या कहिलेसम्म रहने हो ? त्यो यकिन गर्न सकिने अवस्था छैन । अधिकांश राष्ट्रले यसको रोकथामका लागि सजिलो माध्यम लकडाउन र इमर्जेन्सी बनाएका छन् । यसको कारण ती मानिस जोसँग थियो, छ तर नहुन सक्दछको स्थिति पैदा हुन सक्छ ।

    यसले समाज र अर्थतन्त्रमा के कति प्रभाव पार्दछ ? सहजै अनुमान गर्न सकिने छ । उनीहरूको खर्च गर्ने क्षमतामा ह्रास आउने छ । भोगविलासमा ह्रास आउने छ । इमान र सदाचारमा ह्रास आउने छ । आफ्नो सामाजिक मानसम्मान र प्रतिष्ठामा ह्रास आउने छ । यस्तै अवस्था केही समय चल्यो भने उनीहरूलाई पनि शून्य स्थानमा झार्न सक्ने छ ।

    त्यस्तै दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकको हकमा त झनै कठिन स्थिति सृजना हुन्छ । किनकि उनीहरूको रोजीरोटीको ढोका बन्द भई नै हाल्दछ । रोजगारी घट्ने या गुम्ने स्थिति आउँछ । उनीहरूको ज्याला तथा तलबमा कमी आउन थाल्दछ र बेरोजगारीको सङ्ख्या दिनानुदिन बढ्दै जान सक्दछ । यसले संसारैभरि प्रभाव पार्दछ । यसबाट छुटकारा पाउनका लागि बिस्तारै बिस्तारै मानिसले हरेक प्रयास, दुष्प्रयास दुबै बाटा रोज्दछन् । नकारात्मक सोच बढ्न थाल्दछन् । मनमा पीडा र कुण्ठा झन् बढेर जान्छ ।

    आफ्नो र परिवारको पेटको पिरका कारण ऊ आफ्ना प्राप्तिका लडाइँमा हार्दै जान थाल्दछ र अप्रिय बाटो रोज्न पनि तयार हुन्छ । हरेक राज्यलाई यसको मूल्य धेरै महङ्गो पर्न आउँछ । नेपाल र नेपालीको कुरा गर्ने हो त झन् ठुलो समस्या आउन सक्छ । रेमिट्यान्सको आधारलाई राज्यको आयश्रोत बनाएको देश नेपालमा यो लकडाउन संसारैभरि भयो भने त्यसबाट उत्पन्न परिस्थितिका कारण ठुलो मूल्य चुकाउनुपर्दछ ।

    तर नेपालको सन्दर्भमा यसबाट पर्ने प्रभावको आधारमा केही सकारात्मक अङ्कुरण पनि आउन सक्ने छन् । त्यो हो– अधिकांश पाखोबारी फेरि हराभरा भएर । फेरि कृषिले बढावा पाउने छ । गाउँले श्वास फेर्ने छ र आश्रित परिवारले आफ्ना सन्तानको माया पाउन थाल्ने छन् । फेरि खेतीबालीले गाउँबस्ती लटरम्म झुल्ने छ । यो नेपाल र नेपालजस्ता श्रम बाहिरिएका देशका लागि सुखद हुने छ ।

    जसले आफ्नो देशको श्रमले नपुगेर श्रम आयात गरेका छन्, तिनीहरूका लागि यो लकडाउन अभिशाप हुने छ । भविष्यमा उसको श्रम गुम्ने छ । उसको व्यापार, व्यवसाय, उद्योगधन्दामा श्रमिकको माँग बढ्ने छ तर श्रमिकले गन्तब्य मोडिसकेका हुने छन् । यसले सम्पन गरिब र गरिब सम्पन्न बन्ने दिन आउन थाल्ने छ ।

    यस्तै स्थिति रहँदै जाने हो भने फेरि सत्ताको स्वरूपमा परिवर्तन आउन थाल्ने छ र समाजको अन्तरसङ्घर्षमा बदलाव आउने छ । फेरि त्यहाँ राज्यसंयन्त्रको दुरूपयोग गरेर सृजित वातावरणलाई भत्काएर शासकले पुँजीपति र सामन्तको सेवामा लाग्न सक्ने छन् भने नयाँ स्थापित श्रमले आफ्नो मूल्य चुकाउनका लागि शक्ति सङ्घर्षलाई अझै सङ्गठित गरेर लैजान सक्ने छन् ।

    यही स्थिति रहन गयो भने भन्न सकिँदैन, फेरि पेरिस कम्युन, अक्टोबर क्रान्ति र चिनियाँ क्रान्तिको पुनरावृत्ति हुँदैन भनेर । फेरि संसारमा श्रमिक वर्गको झण्डा फहरिन सक्ने छ, विश्वसामु ।

    (लेखक जापान नेपाली एकता समाजका केन्द्रीय सदस्य हुनुहुन्छ)

    आइतबार, बैशाख २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.