काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ ।
Advertisement
महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले सूचना जारी गर्दै असोज ४ गते तोकिएको उम्मेदवारको मनोनयन दर्ता लगायतका सबै कार्य हाललाई स्थगित गरिएको जनाएका छन्।
सदस्यता विवादको किचलोका कारण पटकपटक निर्वाचन मिति घोषणा गर्दै आएको महासंघले पछिल्लोपटक यही असोज १२ गते निर्वाचन गर्ने तयारीसहितको कार्यतालिका सार्वजनिक गरेको थियो।
