दिनेश रैदास, दाङ ।
दाङको घोराही उपमहानगरपालिका–१५ मा राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न भएको छ ।
भेलाले शोभाराम आचार्यको अध्यक्षतामा पाँच सल्लाहकारसहित १८ सदस्यीय समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा जीवलाल पोखरेल, सचिव झविलाल खनाल, सहसचिव छविलाल विक र कोषाध्यक्षमा राजेन्द्र भण्डारी चयन हुनुभएको छ ।
सदस्यहरूमा शेसमनी पोख्रेल, हुमाराम पोख्रेल, बुद्ध रामजाली, बसन्ता भट्टराई, चूमा खरेल, भक्तबहादुर खड्का, नरबहादुर मिजार र विष्णु पन्थी रहनु भएको छ।
त्यसैगरी भेलाले भुवानन्द बञ्जाडे, खडानन्द खनाल, अशोक महरा, प्रेमलाल पोख्रेल र श्रीराम भट्टराईलाई सल्लाहकार चयन गरेको छ ।
भेलामा प्रमुख अथिति राजमो जिल्ला कोषाध्यक्ष हरि खरेलले नवनिर्वाचित समितिलाई सुभकामना दिँदै सो वडालाई नमूना बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
त्यसैगरी जनजाति सम्मेलनका पूर्व केन्द्रीय सदस्य रामबहादुर जिएमले राजनीति ठूलो तथा धनी जमिन्दारले मात्र गर्छन् भन्ने सोचाइ हटाउँदै गरी खाने वर्गले आफ्नो वर्गको पहिचान गरी हक अधिकार र परिवर्तनको लागि संगठित हुनुपर्ने बताउनुका साथै जातिवादी सोच र संघीयताले देश बिखण्डन हुन्छ भन्नु भयो ।
राजमो जिल्ला सल्लाहाकार खडानन्द खनाल, अखिल नेपाल युवक संघका जिल्ला कोषाध्यक्ष श्रीराम भट्टराई, अखिल (छैठौं)का जिल्ला सहसंयोजक सेवक भट्टराई, रक्तिम सांस्कृतिक अभियान रोल्पा जिल्ला अध्यक्ष विकाश विष्ट लगायतले मन्तव्य राख्नु भएको थियो।
रामप्रसाद पोख्रेलको अध्यक्षताता सम्पन्न भेलामा सहिदहरु प्रति एक मिनेट मौनधारण गरिएको थियो भने जिल्ला सदस्य मेघराज भट्टराईले स्वागत तथा सञ्चालन झविलाल खनालले गर्नु भएको थियो ।