• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

‘लिपुलेकको सडकबारे नबोल्नु सरकारको भारतपरस्त नीति’


  •   शनिबार, बैशाख २७, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतले नेपाली भूभाग लिपुलेकमा निर्माण गरेको सडकबारे तत्काल नेपालको धारणा स्पष्ट पार्न सरकारसँग माग गर्नुभएको छ ।

    Advertisement

    शनिबार एक वक्तव्य प्रकाशित गरी केसीले भारतीय साम्राज्यवादको हेपाहा प्रवृत्तिको विरोध नगरेर सरकार भारतपरस्त बनेको आरोप पनि लगाउनुभएको छ ।

    यस्तै, सरकारले मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) संसदबाट पारित गर्न गरिएको प्रयासको पनि बिरोध गर्नुभएको छ । एमसीसी पारित गराउन अमेरिकी साम्राज्यवादले दिएको दबाबप्रति पनि केसीले तिब्र बिरोध जनाउनुभएको छ ।

    बक्तव्यमा भनिएको छः ‘नेपाली भूमि लिपुलेक हुँदै मानसरोबर जाने सडकको भारतले उद्घाटन गरेको छ । राष्ट्रिय जनमोर्चाले त्यसको तीव्र शब्दमा विरोध र भ्रत्र्सना गर्दछ । भारतीय साम्राज्यवादी नीतिप्रति हाम्रो पार्टीले लगातार रूपमा विरोध गर्दै आएको छ । तर भारतीय साम्राज्यवादको त्यसप्रकारको नीतिप्रति नेपाल सरकारले कुनै विरोध प्रकट गरेको छैन । सरकारको त्यो नीति भारतपरस्त छ र हाम्रो पार्टीले त्यो नीतिलाई कडा शब्दमा विरोध गर्दै तत्काल त्यो विषयमा आफ्नो स्थिति स्पष्ट गर्नका लागि सरकारसँग माग गर्दछ ।

    एमसीसी इण्डोप्यासिफिक रणनीतिको अङ्ग हो भन्ने कुरा स्पष्ट भइसकेको छ । त्यो सम्झौताको नेपालमा व्यापक रूपले विरोध गर्दै आन्दोलन हुँदै आएको छ । हाम्रो पार्टीले त्यो इण्डोप्यासिफिक रणनीतिको अङ्ग भएकोले त्यसलाई सम्पूर्ण रूपले अस्वीकार गर्नुपर्दछ भन्ने मत राख्नुको साथै संयुक्त आन्दोलन सञ्चालन गर्दै आएको छ । त्यो सम्झौताबारे नेकपा (नेकपा) को कार्यदलले पनि यथावत रूपमा त्यसलाई स्वीकार गर्न नसकिने भनी प्रतिवेदन दिएको थियो । यसको अर्थ त्यो स्वीकार गर्न नसकिने सम्झौता हो भन्ने कुरा स्पष्ट छ ।

    यद्यपि नेकपाको कार्यदलले संशोधन गरेर त्यसलाई स्वीकार गर्न सकिने भन्ने मत प्रकट गरेको छ, त्यसलाई हाम्रो पार्टीले गलत मान्दछ । नेकपाको कार्यदलले त्यसप्रकारको प्रतिवेदन दिएपछि अमेरिकाले एमसीसी सम्झौतालाई यथावत रूपमा नै स्वीकार गर्नुपर्छ भनी अभिव्यक्ति दिएको छ । त्यसरी अभिव्यक्ति दिनुको उद्देश्य एमसीसी सम्झौतालाई संसदद्वारा पारित गराउनका लागि नेपाललाई दबाव दिनु हो । त्यो अमेरिकी साम्राज्यवादको नेपालमाथिको खुला हस्तक्षेप हो र हाम्रो पार्टीले त्यसको कडा विरोध गर्दछ ।

    ’यो पनि पढ्नुहोस्ः भारतद्वारा लिपुलेक अतिक्रमण गरेर बनाएको सडक सञ्चालनमा

    शनिबार, बैशाख २७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.