• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

लिपुलेकमा भारतले सडक निर्माण गरेकोप्रति मसालको आपत्ति


  •   शनिबार, बैशाख २७, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले भारतले नेपाली भूमि लिपुलेक भएर मानसरोवर जाने सडक निर्माण गरेकोप्रति आपत्ति जनाएको छ । सरकारले भारतीय साम्राज्यवादको हस्तक्षेपको विरोध नगरेर भारतपरस्त नीति अपनाएको भन्दै मसालले सरकारको पनि कडा निन्दा गरेको छ ।

    Advertisement

    भारतले आफ्नो भूमि धार्चुलादेखि नेपाली भूभाग लिपुलेकसम्म एक पक्षीय रुपमा सडक निर्माण गरी आजबाट सञ्चालनमा ल्याएको छ ।

    नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले शुक्रबार एक वक्तव्य प्रकासित गरी भारतले गरेको सीमा अतिक्रमण, एमसीसी तथा नेकपाभित्रको झगडालगायतका विषयमा पार्टीको धारणा स्पष्ट पार्नुभएको छ ।

    यस्तो छ, वक्तव्य
    भारतले नेपाली भूमि लिपुलेक भएर मानसरोवर जाने सडकको उद्घाटन गरेकोमा नेपाल कम्युनिस्ट पार्टी (मसाल)ले गम्भीर विरोध गर्दै त्यसको तीव्र शब्दमा भत्र्सना गर्दछ । भारतीय साम्राज्यवादको त्यसप्रकारको नीतिप्रति नेपालले कुनै विरोध नजनाउनु वास्तवमा सरकारको भारतपरस्त नीति नै हो । त्यसप्रकारको नीतिको हाम्रो पार्टीले कडा शब्दमा विरोध गर्दै उक्त विषयमा तत्काल आफ्नो स्थिति स्पष्ट गर्नका लागि माग गर्दछ ।

    अमेरिकाले एमसीसीलाई यथावत रूपमा नै संसदद्वारा पारित गर्नुपर्छ भनि दिएको सार्वजनिक अभिव्यक्तिको हाम्रो पार्टीले तीव्र शब्दमा विरोध गर्दछ । हाम्रो पार्टीले त्यो इण्डोप्यासिफिक रणनीतिको अङ्ग भएकोले त्यसलाई सम्पूर्ण रूपले अस्वीकार गर्नुपर्दछ भन्ने मत प्रकट गर्दै आएको छ र हाम्रो त्यो मत अहिले पनि कायम छ ।

    नेकपाले एमसीसीबारे अध्ययन गरी प्रतिवेदन पेश गर्न बनाएको कार्यदलले यथावत रूपमा त्यसलाई स्वीकार गर्न नसकिने प्रतिवेदन दिएको थियो । त्यसको अर्थ केही संशोधनका साथ त्यसलाई स्वीकार गर्न सकिन्छ भन्ने नेकपाको कार्यदलले मत प्रकट गरको देखिन्छ । तर त्यसप्रकारको मतलाई पनि हाम्रो पार्टीले गलत मान्दछ ।

    तर कार्यदलले त्यसप्रकारको प्रतिवेदन दिएपछि पनि त्यसलाई यथावत रूपमा नै स्वीकार गरिनुपर्दछ भन्ने अमेरिकाको अभिव्यक्ति खुला रूपले त्यसलाई संसदद्वारा पारित गर्नका लागि नेपालमाथि दवाव दिनु नै हो । त्यसप्रकारको दवाव अमेरिकी साम्राज्यवादको नेपाल माथिको खुला हस्तक्षेप नै हो । त्यसप्रकारको हस्तक्षेपको नीतिको पनि हाम्रो पार्टीले कडा विरोध गर्दछ ।

    केपी शर्मा ओलीले दुई पद मध्ये एक पद छाड्नुपर्दछ वा उनले प्रधानमन्त्री पदबाट राजिनामा दिनुपर्दछ भन्ने नेकपा (नेकपा) भित्र वा देशमा उठिरहेको विवादप्रति पनि हाम्रो पार्टीको ध्यान आकर्षित भएको छ । त्यस सन्दर्भमा हामीले दुईवटा कुराहरू स्पष्ट गर्न चाहन्छौँ ।

    त्यसकारण उक्त पदहरूमा को हट्नुपर्छ वा को रहनुपर्दछ ? त्यसबारे हामीले कुनै टिप्पणी गर्न चाहदैनौँ । हाम्रो समर्थन नेकपाको सरकारलाई हो । त्यसकारण उक्त पदहरू यथावत रहेपनि वा परिवर्तन भएपनि त्यो हाम्रो सरोकारको विषय नभएको कुरा हामीले स्पष्ट गर्न चाहन्छौँ ।

    द्वितीय, कुनै पार्टीको अध्यक्ष वा प्रधानमन्त्रीको हैसियत सम्बन्धित पार्टीको निर्णयमाथि नै निर्भर गर्दछ । त्यसैले कुनै पदमा कुनै व्यक्तिलाई कायम राख्ने वा परिवर्तन गर्ने निर्णय गर्ने अधिकार सम्बन्धित पार्टीलाई नै हुन्छ र कुनै पनि पदको विषयमा पार्टीले गर्ने निर्णय अन्तिम हुन्छ । त्यही लोकतान्त्रिक विधि हो ।

    नेकपासित हाम्रा एकातिर, गम्भीर प्रकारका सैद्धान्तिक र राजनीतिक तथा, अर्कातिर, तात्कालिक नीति र कार्यशैलीबारे पनि गम्भीर प्रकारका मतभेदहरू छन् । उक्त प्रश्नहरूमा हामीहरूले लगातार विरोध वा सङ्घर्षको नीति अपनाउँदै आएका छौँ । तैपनि नेकपा वा त्यसको सरकारलाई हामीले मित्र शक्ति मानेका छौँ र त्यसले गणतन्त्र वा धर्मनिरपेक्षताबारे लिदै आएको अडानलाई सकारात्मक रूपमा लिएका छौँ ।

    अहिले गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गर्नका लागि देशभित्रका प्रतिगामी शक्तिहरूका साथै भारतीय कट्टर हिन्दूवादी शक्तिहरूले पनि पूरा शक्ति लगाइरहेका छन् । त्यसप्रकारको पृष्ठभूमिमा नेकपामा हुने कुनै फुट वा देशमा देखापर्ने कुनै पनि प्रकारको राजनीतिक अस्थिरताबाट देशीय प्रतिगामी शक्तिहरू वा विदेशी साम्राज्यवादी शक्तिहरूलाई नै बल पुग्ने छ । त्यो कुरामाथि ध्यान दिएर नै नेकपा कम्युनिस्ट पार्टी होइन भन्ने हाम्रो स्पष्ट मत भए पनि हामीले उनीहरूका बीचमा भएको एकतालाई स्वागत गरेका थियौँ र उनीहरूको सरकारलाई पनि समर्थन गरेका थियौँ । हाम्रो त्यो मत अहिले पनि कायम छ ।

    नेकपाभित्र बढ्दै गइरहेको विग्रहको स्थितिप्रति हामीलाई चिन्ता छ । त्यो विग्रहको परिणामस्वरूप नेकपामा फुट भयो वा देशमा राजनीतिक अस्थिरता उत्पन्न भयो भने त्यसका दुरगामी राजनीतिक दुष्परिणामहरू हुने सम्भावना रहने छ ।
    कुनै पनि राजनीतिक पार्टीमा पार्टी वा सरकारको नेतृत्व वा अन्य कुनै पनि विषयमा अन्तर्विरोध पैदा हुने कुरालाई सहज रूपमा नै लिनुपर्दछ र त्यसप्रकारका अन्तर्विरोधहरूलाई लोकतान्त्रिक विधिबाट नै समाधान गर्ने नीति अपनाउनुपर्दछ ।

    हामीले अहिले नेकपाभित्र देखापरेका मतभेदहरूलाई त्यसरी नै टुंग्याएर उनीहरूको सङ्गठनको एकता कायम गर्न वा देशमा राजनीतिक स्थिरता कायम राख्नका लागि मैत्रीपूर्ण सल्लाह दिन्छौँ । एकातिर, देशमा बढ्दै गइरहेको प्रतिगमनको खतरालाई रोक्नका लागि र अर्कातिर, कोरोना भाइरसले पैदा गरेको गम्भीर सङ्कटमाथि ध्यान दिंदै उनीहरूले दुरदर्शितापूर्वक सम्बन्धित सबै विषयहरूमा सही विचार र निर्णय गर्नेछन् भन्ने हामीले आशा गरेका छौँ । त्यही उनीहरूको सङ्गठन, सरकार र सम्पूर्ण देशको पनि हितमा हुनेछ भन्ने हाम्रो सोचाइ छ ।

    भारतद्वारा लिपुलेक अतिक्रमण गरेर बनाएको सडक सञ्चालनमा

    शनिबार, बैशाख २७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.