अर्घाखाँची । अर्खाखाँचीको शितगंगामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
Advertisement
शितगंगा नगरपालिका–१२ हिलेखोलास्थित सन्धिखर्क गोरुसिंगे सडक खण्डमा बुधबार बिहान साढे १० बजे लु १ ज ४७६३ नम्बरको डबल क्याप जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्खाखाँचीका प्रमुख डीएसपी प्रतित सिंह राठोरले जानकारी दिए।
घाइतेलाई उद्धार गरेर उपचारको लागि स्वास्थ्य चौकी ठाडामा लगिएको छ । दुर्घटनाका घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय अर्खाखाँचीका अनुसार छत्रदेवबाट बुटवलतर्फ जाँदै गरेको जिप आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ६० मिटर तल खसेको हो ।
घटनास्थल इलाका प्रहरी कार्यालय ठाडाबाट करिब १२ किलोमिटर दक्षिणमा पर्छ। घाइतेहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरीको भनाई छ ।