बुटवल । रुपन्देहीको शियारी गाउँपालकामा राष्ट्रिय जनमोर्चाले २३ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
Advertisement
राजमो शियारी पालिका समितिका अध्यक्ष मानबहादुर नेपालीको नेतृत्वमा २०८१ भदौ २५ गते मङ्गलबार गएको प्रतिनिधिमण्डलले पालिका अध्यक्षसमक्ष सो ज्ञापन बुझाएको हो ।
ज्ञापनपत्र बुझाउनका लागि पालिका समितिका उपाध्यक्ष उपाध्यक्ष यमबहादुर मगर, सचिव खगेश्वर गिरी, कोषाध्यक्ष शिवराज गिरी, पालिका समितिका सदस्यहरू टीका गिरी, मोहन गिरी, कृष्ण नेपाली, देवबहादुर पुन, शङ्कर पौडेल, पालिका समितिका सल्लाहकार जितबहादुर भर्ताल, नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता लालचन्द पन्थ र राजमो रुपन्देहीका सल्लाहकार चेतनाथ आचार्यसमेतको प्रतिनिधिमण्डल पालिका कार्यालय पुगेको थियो ।
ज्ञापनपत्रमा राष्ट्रिय तथा स्थानीय प्रकृतिका २३ ओटा बेग्लाबेग्लै विषयहरू सामेल गरिएका छन् ।

