नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकामा राष्ट्रिय जनमोर्चाले १० बुँदे ज्ञापनपत्र बुझाएको छ ।
Advertisement
अखिल नेपाल युवक सङ्घका अध्यक्ष कृष्णराज पाण्डे नेतृत्वमा गएको प्रतिनिधिमण्डलले २०८१ भदौ १९ गते बुधबार सो ज्ञापन बुझाएको हो ।
प्रतिनिधिमण्डल राजमो लुम्बिनी प्रदेश समितिका सदस्य भीमप्रसाद देवकोटा, राजमो बाँकेका उपाध्यक्ष जगदीश ढकाल, जिल्ला समितिका सचिव मनबहादुर सुनार, राजमो नेताहरू तिलकराम पौडेल, पूर्णकला भण्डारी र बालाराम न्यौपाने सहभागी थियो ।
दश बुँदे ज्ञापनपत्रमा राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाका साथै सङ्घीयता, भ्रष्टाचार, अनियमितता, सहकारी ठगीको विरोध गरिएको छ ।
त्यसैगरी ज्ञापनमा स्थानीय स्तरका समस्याहरू यातायात क्षेत्रको समस्या, कालोबजारीलगायतका समस्या पनि उठान गरिएको छ ।
