नवीन बस्याल ##
Advertisement
सयौँ फूलको नचुँडिने माला बनौँ नेपाली
तराई र पहाड अनि मिली हिमाली
समाजमा भेदभावको जालो हामी फाल्नुछ
देशको मुहार फेर्न एउटा दियो बाल्नुछ
परिवर्तन गर्ने अब गीत अनि सङ्गीत भर्दै गाऊँ
सबै खाले अन्यायको विरोध गर्दै जाऊँ
शिक्षितलाई अक्षरसँगै देशको माटो चिनाउन
मुक्ति लय हालौँ सबलाई अघि हिँडाउन
समाजमा दिनहुँ दिन हत्याहिंसा बढ्दै छ
यस्तो खाले मान्छेहरूमा बानी गड्दै छ
बलात्कृत निर्मलाले अझै न्याय पाएन
सरकारले केही गर्छ भन्ने विश्वास रहेन
सरकार जति फेरिए नि हाम्रो दुःख गएन
देशको विकास होला भन्ने आशै रहेन
ठुलाठालु भनाउँदाको सधैँ मनमा हर्ष छ
गरिबको आँखाभरि आँशु वर्षा छ
गणतन्त्र आयो भन्छन खै कसलाई आयो खै ?
महिलापुरुष लडी अब हक खोसौँ है
एउटा तिजको गीतले हुन्न हजारौँ गीत गाऊँ
ठुलो एउटा आन्दोलनको आँधीबेहरी ल्याऊँ

