सम्झना पौडेल ##
Advertisement
उपस्थिति पाहुना सँगीसाथी सबैलाई
अखिल नेपाल महिला सङ्घको स्वागत बरिलै
चेलीको पिरव्यथा के सुनाउनु छ र खै ?
दिनदिनै बलात्कार हत्या बरिलै
गर्भबाटै असुरक्षित भएका चेलीलाई
बाच्न पाउने अधिकार छैन बरिलै
रगत र पसिना खोली बगाए पनि
सम्पत्तिमा समान हक छैन वरिलै
बहत्तरको संविधानमा लेखिए पनि
व्यवहारमा कार्यन्वयन भएन बरिलै
समाजमा सबै नारी स्वतन्त्र हुनलाई
गणतन्त्र जोगाउँदै जाम बरिलै
शान्ति र सुरक्षा समानता ल्याउनलाई
नयाँ जनवादी व्यवस्था ल्याम बरिलै
नारीका हक र अधिकार लिनलाई
वर्गीय नातालाई गासम् बरिलै
नारीमाथि गरिएका अन्याय र अत्याचार
जरैबाट उखेलेर फालम् बरिलै
श्रमजीवी नारी जति अब अघि सरेर
कुरीति र कुसंस्कार फेरम् बरिलै
अखिल नेपाल महिला सङ्घको झन्डामुनि बसेर
नयाँ जनवादी क्रान्ति गरम् बरिलै

