बागलुङबजार । राष्ट्रिय जनमोर्चा बागलुङद्वारा सञ्चालित विशेष सङ्गनात्मक अभियानअन्तर्गत २०८१ भदौ १८ गते मङ्गलबार अर्जेवा, हरिचौर, ग्वालिचौर र बोबाङमा कार्यक्रम सम्पन्न भएको छ ।
टोली नं. २
टोली नं. २ को कार्यक्रम जैमिनी नगरपालिकाको वडा नं. ६ अर्जेवामा सम्पन्न भएको छ ।
कार्यक्रममा राजमोका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, राजमो नगर सदस्य झलक पुन, शान्ति सुनारलगायतले प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।

खुमबहादुर केसीको अध्यक्षता तथा तुलबहादुर पुनको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा विष्णु थापाको स्वागत रहेको थियो ।
टोली नं. ४
टोली नं. ४ को कार्यक्रम गलकोट नगरपालिकाको वडा नं. ५ हरिचौरमा सम्पन्न भएको छ ।
कार्यक्रममा राजमो केन्द्रीय सदस्य बेदीलाल सापकोटा, राजमो बागलुङका अध्यक्ष तिलक थापा, सल्लाहकार टङ्क केसी, जिल्ला सचिवालय सदस्य लक्ष्मण पुन, जिल्ला सदस्यहरू लालबहादुर राना, पदम श्रेष्ठ, विष्णु बस्नेत, कृष्णा पुन, अखिल नेपाल शिक्षक सङ्घ बागलुङका अध्यक्ष मित्रदत्त ढकाल, जातीय समता समाज बागलुङका सदस्य रनबहादुर विकलगायतले मन्तव्य राख्नुभएको थियो ।

वडासमितिका अध्यक्ष अमर खत्रीको अध्यक्षता तथा खडक विकको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा देवी खत्रीले स्वागत मन्तव्यमा राख्नुभएको थियो ।
टोली नं. ५
टोली नं ५ को कार्यक्रम बडिगाड गाउँपालिकाको वडा नं. ५ ग्वालिचौरमा सम्पन्न भएको छ ।
कार्यक्रममा अखिल नेपाल युवक सङ्घका महासचिव भीमसेन वन, नेकपा (मसाल) बागलुङका प्रवक्ता मेकबहादुर पाइजा, राजमो बडिगाडका सचिव विमल श्रीसलगायतका अतिथिले भेटघाट तथा प्रशिक्षण दिनुभएको थियो ।
टोली नं. ६
टोली नं ६ को कार्यक्रम ढोरपाटन नगरपालिकाको वडा नं. ७ बोबाङमा सम्पन्न भएको छ ।
कार्यक्रममा राजमो बागलुङका सचिव भीमलाल पोखरेल, राजमो बागलुङका कोषाध्यक्ष दीपक थापा, जिल्ला सदस्य तमबहादुर घर्तीलगायतले भेटघाट तथा प्रशिक्षण दिनुभएको थियो ।
