काठमाडौं । भारतको आन्ध्र प्रदेशको विशाखापटनममा रहेको रासायनिक प्लान्टमा ग्यास चुहावट हुँदा आठ जनाको मृत्यु भएको छ। दुई सय भन्दा धेरै नागरिक विरामी परेका छन् ।
ग्यास चुहावट हुँदा तीन जनाको घटनास्थलमै र ५ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बीबीसीले जनाएको छ । धेरैलाई आँखा पोल्ने र सास फेर्न गाह्रो भइरहेको छ।
लजी पोलिमर्स इन्डिया प्रालिको केमिकल प्लान्टबाट ग्यास चुहावट भएको हो । प्रहरीले वरपरका पाँच गाउँ खाली गराएर स्थानीयलाई मेघद्री गेड्डा र अन्य सुरक्षित ठाउँमा लगेको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन्। ट्वीट गर्दै मोदीले भनेका ‘मैले एमएचए र एनडीएमएका अधिकारीहरूसँग कुरा गरेको छु जसले र्घटनालाई नजिकबाट नियालिेहरका छन्, म विशाखापट्टनमवासीमा सुस्वास्थ्य तथा सुरक्षाको कामना गर्छु।’
लकडाउनपछि काम सुरु भएको प्लान्टबाट ग्यास लिक भएको हो । ग्यास लिक हुँदा स्थानीय बासिन्दा सुतिरहेका थिए ।
