• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सत्य निरूपण विधेयक अपराधीलाई उन्मुक्ति दिनेतर्फ उन्मुख : मसाल


  •   सोमबार, भदौ १०, २०८१ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले संसद्का दुवै सदनद्वारा पारित बेपत्ता छानबिन तथा सत्य निरूपणसम्बन्धी विधेयक अपराधीलाई उन्मुक्ति दिनेतर्फ उन्मुख भएको किटान गरेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ भदौ १० गते सोमबार जारी प्रेसवक्तव्यमार्फत पार्टीको सो धारणा व्यक्त भएको हो ।

    वक्तव्यमा द्वन्द्वकालमा सेना र तत्कालीन माओवादी पक्षद्वारा पीडित जनताप्रति गरिएको दमनका दोषीलाई बचाउनेतर्फ नै विधेयक लक्षित रहेको उल्लेख छ ।

    त्यस्तै, वक्तव्यमा भ्रष्टाचारसम्बन्धी छानबिन, सहकारी छानिबिनको प्रतिवेदन, रुसयुक्रेन र इजरायल–प्यालेस्टाइन युद्धका विषयमा पनि पार्टीको धारणा व्यक्त गरिएको छ ।

    यस्तो छ प्रेसवक्तव्यको पूर्ण पाठ :

    “सत्य निरूपणसम्बन्धी विधेयक संसद्का दुबै सदनद्वारा पारित भएको छ । संसदका तीनओटै राजनीतिक शक्तिसमेतले बहुमतद्वारा त्यसलाई पारित गरेका छन् । त्यसलाई नेपालको शान्तिप्रक्रियाको ठुलो उपलब्धिको रूपमा प्रशंसा गरिँदै छ ।

    प्रथमतः यो कम गम्भीर चिन्ताको विषय होइन कि सशस्त्र द्वन्द्वकालमा भएका मानवताको उल्लङ्घन र जघन्य अपराधसित सम्बन्धित ६० हजारभन्दा बढी उजुरीहरू अहिलेसम्म विनाछानविन वा कारबाही अहिलेसम्म थन्किएर बसेका छन् । अहिले त्यससम्बन्धी विधेयक पारित भइसकेपछि पनि त्यसअनुसार सीमित रूपमा पनि कुनै कारबाही हुने कुराको कुनै ग्यारेन्टी छैन ।

    सशस्त्र द्वन्द्वकालमा दुबै पक्षद्वारा भएका मानवअधिकारको हनन् र जघन्य प्रकारका अपराधबाट ठुलो सङ्ख्यामा जनता पीडित भएका छन् । सत्ता र माओवादी दुबै पक्षद्वारा हाम्रा साथी र समर्थकको पनि ठुलो सङ्ख्यामा अपहरण, सर्वस्व वा हत्या हुने गरिएको थियो । अहिले संसद्का दुबै सदनद्वारा पारित गरिएको त्यसरी पीडित जनतालाई न्याय दिनेभन्दा विभिन्न प्रकारका अपराधका लागि दोषीलाई उन्मुक्ति दिनेतर्फ नै उन्मुख भएको देखिन्छ । त्यसैले हाम्रो पार्टीले त्यसप्रति कडा विरोध जनाउँछ ।

    संसदमा भ्रष्टाचारसम्बन्धी मुद्दामा केही खास अवधिपछि त्यसबारे मुद्दा नचल्ने प्रकारले कानुनमा संशोधन गर्ने जुन कुरा उठिरहेको छ, त्यसको पनि हाम्रो पार्टीले कडा शब्दमा विरोध गर्दछ । त्यस प्रकारको संशोधनको पछाडिको उद्देश्य गत कालमा विभिन्न प्रकारका अपराधसम्बन्धी कार्यमा संलग्न विभिन्न सत्तारूढ दलका प्रधानमन्त्री, मन्त्री सांसद वा अन्य उच्च पदाधिकारीलाई गत कालमा उनीहरूले गरेका भ्रष्टाचारका लागि उनीहरूलाई कराबाहीबाट बचाउनु नै हो । त्यसकारण त्यस प्रकारको संशोधनसम्बन्धी विचारका पछाडि कुनै नियतले काम गरेको कुरा प्रष्ट छ ।

    सहकारीसम्बन्धी मुद्दामा जुन छानबिन भइरहेको छ, त्यसप्रति पनि हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । त्यो छानबिन कहाँसम्म निष्पक्ष र प्रभावशाली प्रकारले सम्पन्न हुने छ ? त्यो कुरा त्यसको प्रतिवेदन आएपछि नै प्रष्ट हुने छ । प्रतिवेदन जुनसुकै प्रकारले आए पनि त्यससित सम्बन्धित निर्णायात्मक महत्त्वको कुरा यी हुन् : प्रथम– सहकारी रकमको हिनामिना वा ठगी गर्ने व्यक्तिलाई उनीहरूको अपराधअनुसार दण्डजरिवाना हुन्छ वा हुँदैन ? द्वितीय– ठगिएको रकम पीडित जनतालाई फिर्ता हुन्छ वा हुँदैन । सरकारले पहिलेका कैयौँ प्रतिवेदनलाई कुनै कारबाही नगरी रद्दीको टोकरीमा फ्याँकिदिने गरेको छ । सहकारी रकमको समस्या लाखौँ जनतासित सम्बन्धित भएको हुनाले माथि उल्लेखित दुबै विषयमा कडा कारबाही गर्नको लागि हामीले सरकारको विशेष ध्यान आकर्षित गर्न चाहन्छौँ ।

    रुस र युक्रेन तथा इजरायल र प्यालेस्टाइनका बिचमा चलिरहेको युद्धप्रति पनि हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । रुस र युक्रेनका बिचमा जुन युद्ध चलिरहेको छ, त्यो मुख्य रूपले अमेरिकी साम्राज्यवाद र नाटो तथा रुसी साम्राज्यवादका बिचमा चलिरहेको युद्ध हो । त्यो युद्ध खास गरेर नाटोले युक्रेनलाई नाटोमा सामेल गर्न खोजेको हुनाले नै सुरु भएको हो । त्यसकारण आफ्नो सिमानामा नाटोले मोर्चाबन्दी गर्न थालेकाले र युक्रेन त्यसमा सामेल हुन थालेकाले नै रुसले युक्रेनमाथि आक्रमण गरेको हो । त्यसरी एकातिर, पश्चिमी साम्राज्यवाद र अर्कातिर रुसी साम्राज्यवादका बिचको अन्तर्द्वन्द्वका कारणले युक्रेनका जनताले ठुलो क्षति उठाउनुपरेको छ । त्यसैले त्यो युद्धका लागि हामीले रुसी र पश्चिमी साम्राज्यवाद दुवैको विरुद्ध भर्त्सना गर्दछौँ ।

    इजरायलले प्यालेस्टाइनमाथि गरेको बर्बर र क्रुर नरसंहारका लागि पनि हामीले विरोध गर्नुका साथै कडा क्षोभ प्रकट गर्दछौँ । अमेरिकाको समर्थनमा यहुदीद्वारा प्यालेस्टाइनीलाई आफ्नो मातृभूमिबाट धपाइएको हुनाले उनीहरूले सात दशकभन्दा बढी समयदेखि आफ्नो मातृभूमिको मुक्तिको लागि सङघर्ष गरिरहेका छन् । उनीहरूको सङ्घर्ष न्यायपूर्ण हो र हामीले उनीहरूको सङ्घर्षलाई सधैँ समर्थन गर्दै आएका छौँ । अहिले इजरायलले गाजापट्टीमा प्यालेस्टाइनी जनतामाथि, जसमा ठुलो सङ्ख्यामा महिला र बालबालिका पनि छन्, माथि गरिरहेको बर्बर आक्रमणको पनि हामीले कडा शब्दमा भर्त्सना गर्दछौँ ।

    माथि उल्लेखित दुबै युद्धको परिणामस्वरूप तेस्रो विश्वयुद्ध वा आणविक युद्ध नै हुने ता होइन ? त्यो गम्भीर आशङ्का उत्पन्न भएको छ । यदि त्यसो भयो भने त्यो युद्ध कुनै खास क्षेत्रमा मात्र सीमित नरहेर त्यसको असरबाट सम्पूर्ण मानवजातिलाई नै क्षति पुग्ने सम्भावना रहने छ । त्यसैले ती दुबै युद्धलाई हामीले कुनै खास देश वा भूमिसित सम्बन्धित युद्धका रूपमा लिनु गम्भीर गल्ती हुने छ किनभने तिनीहरूबाट सम्पूर्ण विश्व नै प्रभावित हुने गम्भीर खतरा बढ्दै गइरहेको छ । त्यस्तो अवस्था आउन नदिनको लागि विश्वका सम्पूर्ण जनताले शान्तिको पक्षमा र साम्राज्यवादका विरुद्ध आवाज उठाउनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले सम्पूर्ण जनताको ध्यान आकर्षित गर्न चाहन्छ ।”

    सोमबार, भदौ १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.