बागलुङबजार । आगामी भदौ १२ गतेदेखि बागलुङका दशओटै पालिकामा प्रशिक्षण कार्यक्रम सञ्चालन हुने भएको छ ।
राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष तिलक थापाका अनुसार सातओटा बेग्लाबेग्लै टोली निर्माण गरेर सो अभियान चल्न थालेको हो ।
बरेङ गाउँपालिका
यस पालिकामा धुल्लुबाँस्कोटमा भदौ १२ गते, हुग्दीसिरमा भदौ १३ गते, बाटाकाचौरमा भदौ १४ गते, सल्यानमा भदौ १५ गते र सुखौरामा भदौ १५ गते प्रशिक्षण तथा भेटघाट कार्यक्रम तय गरिएको छ ।
सो कार्यक्रम सम्पन्न गर्नका लागि धर्मबहादुर कुँवरको नेतृत्वमा कृष्ण पौडेल, हीराबहादुर थापा, पूर्ण परियार र टीकाराम शर्मालाई जिम्मा दिइएको छ ।
जैमिनी नगरपालिका
यस पालिकामा प्रशिक्षण कार्यक्रम भदौ १२ गतेदेखि कुश्मीसेराबाट प्रारम्भ हुने छ । सो कार्यक्रम दमेकमा भदौ १३ गते, पैयुँथन्थापमा भदौ १४ गते, राङखानीमा भदौ १५ गते, छिस्तीमा भदौ १६ गते, जैदीमा भदौ १७ गते, अर्जेवा भदौ १८ गते, बिनामारेमा भदौ १९ गते र सर्कुवामा भदौ २४ गते प्रशिक्षण कार्यक्रम सञ्चालन हुने छ ।
सो पालिकाको कार्यक्रम सम्पन्न गर्न कृष्ण अधिकारीको नेतृत्वमा दिलबहादुर दर्जी, लीलादेवी शर्मा, नरबहादुर पुन, शान्तकला शर्मा, दिलबहादुर श्रीस, ठाकुर शर्मा, गोपाल पौडेल, दानबहादुर थापा र रुद्रा केसी सम्मिलित टोली बनाइएको छ ।
बागलुङ नगरपालिका र काठेखोला गाउँपालिका
यी दुवै पालिकाका प्रशिक्षण पनि भदौ १२ गते अमलाचौरदेखि नै सुरु हुने छ । उक्त कार्यक्रम पैयुँपाटामा भदौ १३ गते, नारायणस्थाननमा भदौ १४ गते, तङ्ग्राममा भदौ १५ गते, धम्जामा भदौ १६ गते, बागलुङ बजारक्षेत्रमा भदौ १७ गते र रायडाँडामा भदौ १८ गते प्रशिक्षण कार्यक्रम सम्पन्न हुने छ ।
तिलक थापाको नेतृत्वमा लक्ष्मी बाँस्कोटा, लोकनाथ शर्मा, टीकासङ्गम विक, योगेन्द्रराज पौडेल, आशा केसी, रिता खत्री कार्की, रिमबहादुर थापा, प्रेमप्रसाद गौतम, टेकबहादुर आरसी, घनश्याम विक, प्रेमबहादुर रोका, अर्जुन केसी र काजीगाउँले श्रेष्ठ सम्मिलित टोलीले त्यहाँको कार्यक्रम सम्पन्न गर्ने छ ।
गल्कोट नगरपालिका र ताराखोला गाउँपालिका
यी दुई पालिकामा दुदिलाभाटीबाट भदौ १२ गतेबाट प्रशिक्षण कार्यक्रम सुरु हुने छ । त्यसपछि नरेठाटी र नुवाकोटमा भदौ १३ गते, हटियामा भदौ १३ गते, मल्ममा भदौ १४ गते, काडेबासमा भदौ १५ गते, मल्म गल्याङमा भदौ १६ गते, रिघामा भदौ १७ गते, हरिचौरमा भदौ १८ गते, हिलमा भदौ १९ गते, पाण्डवखानीमा भदौ २४ गते र चरौँदीमा भदौ २५ गते प्रशिक्षण तथा भेटघाट कार्यक्रम सम्पन्न हुने छन् ।
सो कार्यक्रमका लागि राजेन्द्र ढुङ्गानाको नेतृत्वमा वेदिलाल सापकोटा, तीर्थसिंह थापा, लक्ष्मण पुन, नेत्रबहादुर बुढाथोकी, लालबहादुर राना, पदम श्रेष्ठ, रुमाकान्त गौतम, विस्नु बस्नेत, कृष्ण पुन, देवी खत्री, नैनसिंह थापा, खडक विक, नारायण सापकोटा, टङ्कबहादुर केसी र पृथबहादुर श्रीस नेतृत्वको टोली बनाइएको छ ।
बडीगाड गाउँपालिका
यस पालिका खर्बाङमा भदौ १२ गतेदेखि प्रशिक्षण सुरु भएर दगामा भदौ १३ गते, रणसिंहकिटेनीमा भदौ १४ गते, जलजलामा भदौ १५ गते, दर्लिङमा भदौ १६ गते दर्लिङखोलामा भदौ १७ गते र ग्वालिचौरमा भदौ १८ गते कार्यक्रम सम्पन्न हुने छन् ।
थानेश्वर सुवेदीको नेतृत्वमा बोमबहादुर थापा, सोमन्ता सलामी, ईश्वरमान विक, जङ्गबहादुर बलाल थापा, मेकबहादुर पाइजा र भीमसेन वन सम्मिलित टोलीले प्रशिक्षण तथा भेटघाट कार्यक्रम सम्पन्न गर्ने छ ।
निसिखोला गाउँपालिका
यस पालिकामा भदौ १२ गते राजकुटदेखि प्रशिक्षण कार्यक्रम सुरु हुने छ । त्यसपछि हर्पेमा भदौ १३ गते, देविस्थानमा भदौ १४ गते, बोहरागाउँमा भदौ १५ गते, झिम्पामा भदौ १६ गते, निसिगाउँमा भदौ १७ गतेर भल्कोटमा भदौ १८ गते प्रशिक्षण कार्यक्रम चल्ने छ ।
सो कार्यक्रम सम्पन्न गर्न गौरिश्वर पाण्डेको नेतृत्वमा खिमविक्रम शाही, थमन घर्तीमगर, पुनिकला बुढा र प्रगति बुढा सम्मिलित टोली निर्माण गरिएको छ ।
ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिका
यी दुवै पालिकाको पहिलो कार्यक्रम बुर्तिबाङमा भदौ १२ गतेदेखि सुरु हुने छ । त्यसपछि टारिखेटमा भदौ १३ गते, सामाघोसामा भदौ १४ गते, खुङ्गामा भदौ १५ गते, अधिकारीचौरमा भदौ १६ गते, गादीखोलामा भदौ १७ गते, बोवाङमा भदौ १८ गते, सेराबाङ र ढोरपाटनमा भदौ १९ गते र तमानखोलामा भदौ २४ गते प्रशिक्षण कार्यक्रम सम्पन्न हुने छन् ।
भीमलाल पोखरेलको नेतृत्वमा दीपक थापा, धनबहादुर अदै, तमबहादुर घर्तीमगर, पनबहादुर विक, कमला पाण्डे र निमकुमारी भण्डारी सम्मिलित टोलीले सो कार्यक्रम सम्पन्न गर्ने छ ।