दाङ । दाङमा अखिल (छैठौं) दाङ–रोल्पा सम्पर्क समितिको भेला सम्पन्न भएको छ ।
Advertisement
केन्द्रीय अध्यक्ष देवेन्द्र कुँवर र राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यको प्रशिक्षणसँगै २०८१ भदौ ८ गते शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
भेलाले पूर्णिमा विष्ट अध्यक्ष रहनुभएको नौ सदस्यीय सम्पर्क समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा विशाल विष्ट, सचिवमा प्रकाश घर्ती, सहसचिवमा देव घर्ती र कोषाध्यक्ष पिमा रोका चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरूमा विकास विष्ट, सुनिता बाठा, नवीन रामजाली र सुरज विष्ट रहनुभएको छ ।
भेलाको सञ्चालन अखिल (छैठौं) दाङका सचिव दिनेश रैदासले गर्नुभएको थियो ।