बुटवल । पाल्पा–रुपन्देही सम्पर्क समाजको दोस्रो भेला सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चा रुपन्देहीका सल्लाहकार चेतनाथ आचार्यको प्रमुख आतिथ्यमा २०८१ भदौ ७ गते शुक्रबार सो कार्यक्रम सम्पन्न भएको हो ।
रुकबहादुर पराजुलीको अध्यक्षता तथा नगेन्द्र श्रीनेतको सञ्चालनमा अघि बढेको उक्त भेलामा सहभागीलाई कृष्णबहादुर हिताङले स्वागत गर्नुभएको थियो ।
भेलाले विष्णुबहादुर श्रीनेत अध्यक्ष रहनुभएको १४ सदस्यीय सम्पर्क समाजको कार्यसमिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा कृष्ण पर्छाई, सचिवमा नगेन्द्रराज श्रीनेत, सहसचिवमा कृष्णबहादुर हिताङ र कोषाध्यक्षमा भवि सुनारी रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा गोमा गैरे, मोहन दर्लामी, जगबहादुर क्षेत्री र धिरेन श्रीनेत रहनुभएको छ ।
त्यसैगरी समितिको वैकल्पिक सदस्यमा राजकुमार ठडराई र नरबहादुर गाह तथा सल्लाहकारमा रुकबहादुर पराजुली र रामप्रसाद पाण्डे रहनुभएको छ ।