काठमाडौं । तनहुँको आँबुखैरनीमा बस मर्स्याङ्दी नदीमा खसेर दुर्घटना भएको छ।
Advertisement
शुक्रबार बिहान साढे ११ बजे ऐनापहराबाट बस खसेको नेपाल प्रहरीले जनाएको छ ।
बस मर्स्याङ्दीमा खसेको सूचना प्राप्त हुनासाथ प्रहरी घटनास्थल पुगेर उद्धार सुरु गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सशस्त्र प्रहरीको विपदको टोली पनि घटनास्थलतर्फ गएको छ ।
बसको छत क्षतविक्षत छ भने नजिकै ठूलो भेल छ ।
पोखरादेखि काठमाडौंका लागि छुटेको बसमा ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ ।
घटनाको थप विवरण आउन बाँकी छ ।
भारतीय नम्बरप्लेटको गाडी रहेको प्रारम्भिक सूचना आएको तर निश्चित हुन बाँकी रहेको प्रहरीको भनाई छ ।