वीरेन्द्रनगर । नेकपा (मसाल) सुर्खेतका प्रवक्ता मोहन थापाकी पत्नी गौमती थापाको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चा लेकबेसी नगर समितिको आयोजनामा २०८१ भदौ ३ गते सोमबार सो कार्यक्रम सम्पन्न भएको हो ।
राजमो कर्णाली प्रदेश समितिका अध्यक्ष पूर्णबहादुर शाहीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा ठुलो सङ्ख्यामा राजमो नगर समितिका कार्यकर्तासमेतको आतिथ्य रहेको थियो ।
नगर अध्यक्ष प्रेम ठाडाको अध्यक्षता तथा सचिव धनबहादुर पुनको सञ्चालनमा उक्त कार्यक्रम अघि बढेको थियो ।

२०५५ मङ्सिर ९ गते आमा अमृता घर्ती र पिता दिलबहादुर घर्तीको कोखबाट माइली छोरकिो रूपमा जन्मिनुभएकी स्मृतिशेष गौमतीको गत २०८१ असार २१ गते करिब ५७ वर्षको उमेरमा उपचारकै क्रममा काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको थियो ।
