• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

ढ्वाङकुम पर्व मनाउँदै वाम्बुले राई समुदाय


  •   सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित
  • काठमाडौँ । किरात राई समुदायअन्तर्गत पर्ने वाम्बुले राईहरुले आफ्नो महान् चाड ढ्वाङकुम आज भव्यताका साथ मनाइरहेका छन् । खासगरी ओखलढुङ्गा र खोटाङ मूल थातथलो भएका वाम्बुले राईहरुले नयाँ अन्नबाली पितृ पुर्खा लिब्जु बाजेलाई चढाउँदै ढ्वाङकुम मनाउने गर्छन् ।

    Advertisement

    उभौलीपर्वको समापनका रुपमा पनि ढ्वाङकुम पर्वलाई लिने गरिन्छ । वाम्बुलेहरुको उद्गम थलो मानिने मानेभन्ज्याङ गाउँपालिका–३ उँबुस्थित ढ्वाङकुमटारमा राँगा काटेर सामूहिक रुपमा लिब्जुको पूजाआजा गर्दै सामूहिक रुपमा यो पर्व मनाउने चलन छ । सुरुमा एकै ठाउँमा पूजाआजा गर्ने चलन थियो । पछि यो समुदायको जनसङ्ख्या वृद्धि र बसाइँसराइसँगै विभिन्न जिल्लामा मनाउने गरिएको छ । उदयपुरको कटारी, सुनसरीको धरान, ललितपुरको सानो हात्तीवन, सिन्धुलीलगायत जिल्लामा वाम्बुले समुदायले सामूहिक रुपमा पूजाआजा गर्दै नाचगान गरेर यो पर्व मनाइरहेका छन् ।

    प्रकृति पूजक वाम्बुलेहरुले पूजास्थलमा नयाँ अन्नबाली चढाउनाका साथै कागुनीको भात, कोदोको जाँड र राँगाको मासु थुन्सेमा लगेर सामूहिक रुपमा पूजा गर्ने गर्छन् । “हुन त यो पर्व कहिलेदेखि मनाउँदै आएको भन्ने थाहा छैन तर मुगल सेन राजाहरुको पालादेखि मनाउँदै आएको किंवदन्ती छ”, मानेभन्ज्याङ गाउँपालिका–३ उँबुका स्थानीय लक्ष्मण राईले भन्नुभयो, “हाम्रो समुदायको प्रमुख चाड नै ढ्वाङकुम हो ।”

    बुलु, सिसी, ढ्वाङकुर्मो र काउर्मो गरी चारजना नाक्सो (पुजारी) हरुले फलाकेर पूजाथानमा पूजा गरेपछि जाँड र कागुनीको भात प्रसाद बाँडेर खाने चलन छ । राँगा काटेर काँचो र पकाएको मासुले विभिन्न सिकारी देवताहरुको पूजा गरिन्छ । उहिले माले गोरु काटेर पूजा गर्ने प्रचलन भए पनि राणाकालमा मुलुकी ऐन लागू भएदेखि गोरु काट्न छोडिएको थियो ।

    पूजास्थलमा नयाँ अन्नबालीका रुपमा मकै, काँक्राजस्ता फलफूल चढाउने गरिन्छ । यसरी पुजा गरेपछि वर्षभरि समुदायका सबैको स्वास्थ्य राम्रो हुने, शान्ति, समृद्धि हुने विश्वास यस समुदायले गर्छन् । पूजाको अघिल्लो दिनदेखि पूजा हुने दिनसम्म दुई दिन बस्तीहरुमा खनजोत गर्न रोक लगाउने गरिन्छ । खेतीपातीको काम गर्न नपाइने हुँदा प्रायः सबै घरधुरीका सदस्यहरु एकै ठाउँ जम्मा भएर संगिना नाच्ने, गीत गाउने र प्रसाद खाने गर्छन् ।

    यो चाडमा अन्नबाली कागुनी र मकै पाकिसकेपछि सामूहिक रुपमा प्रकृति, भूमि र सिमलाई आभार प्रकट गरिन्छ । लिब्जुलाई चढाउने सबैभन्दा उत्कृष्ट अन्न जा (कागुनी) मानिन्छ । पहिलेपहिले कागु्नी मकैभित्र पातलोसँग छर्ने चलन थियो । यो अन्न सबैभन्दा पहिला पाक्ने अन्न हो ।

    भूमि पिता अर्थात् लिब्जुलाई वैशाख पूर्णिमामै भाका मागेर कागुनी पाक्ने बित्तिकै जनै पूर्णिमाको दिन लिब्जुलाई पूज्दै ढ्वाङकुम मनाइने मानेभन्ज्याङ गाउँपालिका–३ ओखलढुङ्गाकै विकास सौगात राईले बताउनुभयो । “तपाईंलाई वैशाख पूर्णिमामा मनाउनुपर्नेमा सकेनौँ । च्यामाखा (धर्तीमाता) तपाईं नरिसाउनूहोस् । हामीलाई कुनै पनि नराम्रो नहोस् । अशुभ नहोस् । बालीनाली राम्रो होस् । हाम्रो दैनिक जीवनमा नराम्रो नगर्नूहोस् । हामी तपाईंलाई ससम्मान ढ्वाङ्कुम ९जनै पूर्णिमा०मा मान्छौँ,” राईले भन्नुभयो, “यसरी फलाकेर आज हामी लिब्जुको पूजा गर्दै रमाउछौँ । यो नै ढ्वाङकुम पर्व हो ।”

    विसं २०७८ को जनगणनाको तथ्याङ्कमा वाम्बुले भाषीको सङ्ख्या १५ हजार दुई सय ६८ देखिए पनि मुलुकभर ५० हजार वाम्बुले भाषी रहेको वाम्बुले राई समाजको दाबी छ । “जनगणनाकै बेला पनि भाषाको महलमा वाम्बुले लेख्नुपर्ने ठाउँमा केन्द्रिय तथ्याङ्क विभागले याम्बुले लेखिदिएर गलत गर्याे”, वाम्बुले राई समाजका केन्द्रीय अध्यक्ष गजुरधन राईले भन्नुभयो, “त्यसैले हाम्रो सङ्ख्या वास्तविक आउन सकेन ।”

    अध्यक्ष राईले ढ्वाङ्कुम यस समुदायको सबैभन्दा ठूलो सांस्कृतिक चाड रहेको उल्लेख गर्नुभयो । वाम्बुले राई समुदायले वैशाख पूर्णिमादेखि जनैपूर्णिमासम्म उभौलीका रुपमा लिन्छन् भने मङ्सिर पूर्णिमादेखि उधौली मनाउने गर्छन् ।

    सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.