• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

देशको दुखाइ


  •   आइतबार, भदौ ०२, २०८१ मा प्रकाशित
  • सुशील लामा ##

    Advertisement

    वैराग्यको खास्टो ओढेर
    विरहको बार्दलीमा बसी
    जनतामाथि परेको
    रोक, भोक र शोकको बिकराल रूप हेर्दै
    आँशुको कोशी बग्दै छ
    आँशुको सेती बग्दै छ ।

    देश रुँदारुँदै
    भक्कानिएर घाइते भएको छ
    बन्धनमा बाँधेकी नवदुलहीसहित
    हनिमुन प्याकेज रद्द गरेर
    बैसलाई थारो बनाउँदै
    हुलका हुल युवाशक्ति लस्कर लागेर
    अरब जित्न निस्कदैँ गर्दा
    देश दुखेर रुदै छ

    सिमानामा बैरीको नजर लागेर
    खुम्चिँदै गरेको सीमाङ्कन
    दशगजामा हेपेर गरेको रजगज
    महेशपुर र सुस्ताको
    विरक्तिलाग्दो सुस्केरामा झल्केको स्वाभिमान
    सिमानामा ढलेको गोविन्दहरूको चित्कार
    कुमारी माटोको अस्मितामाथि गरेको अन्याय
    खेप्दाखेप्दै, झेल्दाझेल्दै
    देश बेस्सरी रोएको छ

    मलामी र जन्ती पाउन छाडेको
    गाउँघर अनि टोलबस्ती
    निर्जन उराठ बनेको छ
    सुन्दर बस्ती र गाउँहरू
    वृद्धा र बालआश्रम जस्तै बनेको छ
    आस्थाको स्रोत देउताको देवलमा
    अगरबत्ती, लाखबत्ती नबलेर होला
    लाग्छ देवलको देउता पनि
    बसाइँ सरेको हुनुपर्छ अन्तै कतै
    मुकाम सरेको लाउरेनी जस्तै
    भूमाफियाको चङ्गुलमा फसी
    हरियाली पहाडहरू शिर मुण्डन गरेर
    लाग्छ बरखी बार्दै छ
    थुप्रै रुखबिरुवाको मृत्युशोकमा
    सायद त्यसैले आजभोलि
    देश नमिठोसँग रुँदै छ

    शासकले मित्रताको नाउँमा छिमेकीलाई
    सन्धिसम्झौताको बैसाखी टेकेर
    खोलानाला सुम्पे
    वनजङ्गलको अस्मिता बेचे
    एउटै खोलालाई ठाउँठाउँमा
    लिलाम गरेर बेचे
    हुँदाहुँदा मान्छेले मान्छे बेचे
    आफ्नाले आफ्नालाई नै
    धनी सपनाको प्रलोभन देखाएर
    सम्बन्धको हत्या गर्दै एक होइन
    अनेक जिन्दगी बेचे
    बेचिएर कोही ज्युँदै फर्के
    काही बाकस बनेर फर्के
    सत्य मान्छेको झुटो चित्र र चरित्र देखेर
    आकाश रोए
    आकाशसँगै देश रोए ।
    (पाँचखाल, काभ्रेपलान्चोक हाल लिमासोल, साइप्रस)

    आइतबार, भदौ ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने
    के गुमाएँ मैले ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.