काठमाडौं । सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी आएको छ । दूधकोशीको सहायक खोला (थामे) मा शुक्रबार दिउँसो एक्कासी आएको बढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा–५ मा पर्ने थामे गाउँका कैयौँ घर बगाएको हो ।
Advertisement
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डेका अनुसार बाढीले दुई वटा घर र होस्टेल बगाएको छ भने चारवटा घर बगाउने क्रममा छ । बाढीबाटै पुरै गाउँ नराम्ररी प्रभावित भएको छ ।
माथिल्लो भेगमा रहेको हिमताल फुटेको हुनसक्ने स्थानीयको आशंका छ ।
थामे गाउँमा ४५ घरधुरी छन् ।
थामे गाउँ पुग्न सोलुखुम्बु सदरमुकामबाट ४ दिन लाग्छ । खराब मौसमका कारण हेलिकोप्टर लग्न सक्ने अवस्था नरहेको प्रजिअ पाण्डेले जानकारी दिएका छन् ।