परासी । राष्ट्रिय जनमोर्चा नगर समिति सुनवलको आयोजनामा राजमो सदस्य तथा अखिल नेपाल महिला सङ्घकी सदस्य मनकुमारी थापाको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
२०८१ साउन २७ गते आइतबार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल–१० गैँडाखालमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा महिला सङ्घकी केन्द्रीय सदस्य सम्झना पौडेल, राजमो सुनवलका सल्लाहकार तिलबहादुर थापा र अखिल नेपाल किसान महासङ्घ (अप्फा) का प्रदेश सदस्य जितबहादुर पौडेलले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सभामा राजमो लुम्बिनी प्रदेश सदस्य तिलकप्रसाद सुवेदी, अखिल नेपाल सुकुम्बासी सङ्घका महासचिव उत्तमराज खरेल, राजमो नवलपरासीका अध्यक्ष किसनबहादुर अधिकारी, जिल्ला सदस्य इन्दिराकुमारी रोका, रक्तिम सांस्कृतिक अभियानका जिल्ला अध्यक्ष मेघराज गौतम, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का जिल्ला अध्यक्ष हर्कध्वज लिम्बू, राजमो सुनवल नगर समितिका अध्यक्ष शेरबहादुर सूर्यवंशी तथा राजमोका गोमा क्षेत्री, लक्ष्मी राना, दुर्गा सापकोटालगायतको आतिथ्य रहेको थियो ।

राजमो जिल्ला धनपति सापकोटाको सञ्चालन तथा स्मृतिशेष मनकुमारीकी पति दीपक थापाको अध्यक्षतामा शोकसभा भएको थियो
स्मृतिशेष मनकुमारी थापाको जन्म २०२३ साउन २४ गते कालिगण्डकी गाउँपालिका–७ मरीममा जन्मनुभई २०४४ सालमा दीपक थापासँग विवाह भई सुनवल–१० गैँडाखालमा बसोबास गर्दै आउनुभएको थियो । उहाँका एक छोरा र तीन छोरी रहेका छन् ।
उहाँको विगत तीन वर्षदेखि स्तन क्यान्सरबाट पीडित भई उपचार गराउँदै आउनुभएको थियो । भरतपुर अस्पतालमा उपचार गराएर घर फर्कने दौरानमा साउन २२ गते बाटोमै मृत्यु भएको थियो ।