जुना भण्डारी चालिसे ##
एउटा गीत गाउँछु हजुर तिजको लयमा
सुधारिदिनू हजुरले गल्ती भएमा
देशको माया कस्तो हुन्छ भन्ने कुरा बुझ न
देश बचाउने अभीयानका नेता रोज न
देश बचाउने नेताको नाम लिन पनि सकेनौँ
चुनाव आउदा बिक्न झनै छोड्दै छोडेनौँ
विदेशीका दलालसँग हिँड्छौँ कुरा नबुझी
यिनैले नै सकिसके देशको ढुकुटी
खुनपसिना जम्मा गरी कमाएको कमाइ
सहकारी ठगहरूको भयो रजाइँ
देशको माया छैन देश नेताले खानी भो
विकास हैन विनाशतिर देश जाने भो
“सतीले सरापेको” भन्थे देश नेपाल
विदेशीका चाप्लुसीले पारे बेहाल
अब देशका कर्णधार विदेशमा पस्दै छन्
टुक्रा टुक्रा देशलाई नेता बिक्दै छन्
युवालाई रोजगार दिने बाचा गर्यौ पहिले ता
बेरोजगारको अवस्थाले विदेश एैले ता
बस्ने बास बेची बेची सन्तानलाई पढायौँ
त्यही बुकुरो फर्काउन विदेश पठायौँ
भोट माग्दा वाचा गरे लागे जनता पछाडि
अहिले बल्ल बोकेका छन् सङ्घीय भारी
सङ्घीयता देशलाई घााडो बारम्बार भनियो
साथभन्दा विरोधमा जनता खनियो
उहिले पनि विरोधमा अहिले पनि विरोधमा
यही चालले हाम्रो देश पर्छ धरापमा
मासु रक्सी पैसामा नबिक है अब त
देश बचाउनुपर्छ जनता बनौँ सजग